![]() |
चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार सांघाईकी फान नाम गरेकी महिला जहाँजबाट खसेकी थिइन्। उनी जहाजको चौथो डेकबाट खसेकी थिइन्। जुन करिब ७ तले भवन जति अग्लो थियो। फान जहाजको डिलबाट समुद्रको दृश्य हेर्दै थिइन्, जतिखेर उनी पानीमा खसिन्। रिपोर्टहरु अनुसार ३१ वर्षीय फान समुन्द्रको कठिन संघर्षमा बच्न सफल भएकी हुन्।
चिनियाँ सञ्चार माध्यमहरुका अनुसार समुन्द्रमा खसेकी उनले सुरुमा समाउनको लागि केही पाएकी थिइनन्। र, पानीमा बगेकी थिइन्। जब उनले माछा मार्ने एक जहाँज भेटिन्।
जहाँजमै रहेका फानका आमा बुबाले कयौं घण्टासम्म आफ्नी छोरी राएको थाहा पाएका थिएनन्। जब फानका बाबुले आफ्नी छोरुकिो आवज फोनमा सुनेनन् तव सम्म छोरी जिवितै रहेकोमा उनलाई शंका थियो।
उनी लामो समय समुन्द्रमा डुव्दा पनि सकुशल रहेन सकेकामा सामाजिक सञ्जालहरुमा आश्चर्य व्यक्त गरिएको छ। जसलाई चमत्कारको संज्ञा दिइएको छ। रिपोर्टहरुका अनुसार फानले विश्वविद्यालयमा खोला सम्बन्धि अध्ययन गरेकी थिइन्। उनले पाँच वर्षको उमेरदेखि पौडी खेल्न थालेकी थिइन्। एजेन्सी
![]() |


ConversionConversion EmoticonEmoticon