![]() |
बजरंगी भाईजान फिल्ममा मुन्नीको भुमिका निभाएकी हर्षाली माल्होत्राले आफ्नो क्युटनेश र अभिनयले सबैको मन जितेकी थिईन् । फिल्मका साथै सोसल मिडियाहरुमा सलमान खान र हर्षाली माल्होत्राको जोडीले निकै चर्चा पनि पाएको थियो । अहिले सलमान र हर्षाली (मुन्नी)को फ्यानहरुका लागी खुशिको खबर आएको छ, जुन् सलमान र मुन्नी पुनः सँगै एकै साथ आउँदैछन् ।
यस पटक भने सलमान र मुन्नी ठुलो पार्दामा नभएर सानो पर्दामा आउँदैछन् । पिंकविला अखबारमा छापिएअनुसार एक कुकी ब्राण्डको बिज्ञापनमा एकै साथ देखिदै छन् । उक्त बिज्ञापनको मुख्य फोकस भने सलमान माथी हुनेछ र अन्तमा हर्षाली (मुन्नी) देखिनेछिन् । साथै रिपोर्टस्का अनुसार सेल्फी ले ले रे का प्यारोडी यस बिज्ञापनको अन्तमा बज्नेछ ।
हर्षालीको आमाले पनि हर्षालीले सलमानको साथमा काम गर्न सँधै राम्रो हुने बताउँछीन् । साथै बजरंगी भाईजान फिल्मको सुटिङको सुरुवातमा मुन्नी लजाए पनि सुटिङ पश्चात मात्र मुन्नी कम्फर्टेबल भईन् । त्यस्तै आहिले आएर सलमान सँग मुन्नी घुलमिल भईसकेकी छिन्, र उनिहरुले आधा घण्टा सम्म कुराकानी पनि गरे उनले बताईन् । समाचारमा आए अनुसार सलमान र मुन्नीको बिज्ञापन अबको १०÷१२ दिन पछि अनएयर हुनेछ ।
![]() |


ConversionConversion EmoticonEmoticon