Boyfriend-girlfriend sentenced to death in newborns


पर्वत, १० भदौ – अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।

पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला गरेको हो भने उनका प्रेमी बागलुङ नगरपालिका–१ रामरेखाका १९ वर्षीय मनोज बोहोरालाई जन्मकैद सजाय सुनाएको हो। पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले मङ्गलबार दुई प्रेमीप्रेमिकालाई छुट्टाछुट्टै सजाय हुने गरी फैसला गरेको छ।

अदालतले पर्वत नाग्लिवाङ–४ की सङ्गीता रेग्मीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३ ९३० बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ।  भने बाग्लुङ नगरपालिका–१ रामरेखाका मनोज बोहोरालाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३९४० बमोजिम जन्मकैद हुने गरी फैसला सुनाएको हो।


रेग्मी र बोहोराबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । अवैध सम्बन्धका कारण रहन गएको बच्चा जन्मेपछि हत्या गरेर घर नजिकै बारीमा गाडेको आरोपमा मुद्दा चलेको थियो । रेग्मीले नाङ्गलिबाङ्ग–४ स्थित घर नजिकै घैयाबारी भन्ने स्थानमा २०७२ कात्तिक २१ मा जन्म दिई धाँजा फाटेको ठाउँमा शिशु फालेको प्रहरीले फेला पारेकोे थियो ।

शिशुको शव काग, गिद्धले बाहिर निकालेको अवस्थामा भेटिएपछि स्थानीयवासीले कात्तिक २४ गते प्रहरीलाई खबर गरेका थिए। बागलुङमा बसेर क्याम्पस पढ्दै गरेकी रेग्मी र बोहराको लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको प्रहरी सोधपुछबाट प्रमाणित भएको थियो । उनीहरु दुवैलाई प्रहरीले पक्राउ गरी २०७२ मङ्सिर १६ गते पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यानअन्तर्गत मुद्धा दायर गरेको थियो।

Previous
Next Post »