DR. I try to address the demands of KC: PM Dahal


भाद्र १०, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा डा गोविन्द केसीले उठाएका माग र मुद्दा आफूले राम्रोसँग बुझेको भन्दै समाधानको प्रयास गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान डा. गोविन्द केसीको नेतृत्वमा गएको चिकित्सक टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले भने, “शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्छ भन्ने मेरो मान्यता हो । अहिलेको राजनीतिक संस्कार, प्रशासन संयन्त्र र नीति नियमभित्र बसेर सबै कुरा सम्बोधन गर्न त कठिन छ । तर, तपाईंले उठाएका माग र भाषा म राम्ररी बुझ्छु र सकेसम्म सम्बोधन गर्ने प्रयास गर्छु ।”

शिक्षा र स्वास्थ्यमा श्रीलङ्काले अपनाएको मोडलबाट आफू प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले दाहालले भने, “श्रीलङ्का समाजवादी, साम्यवादी मुलुक होइन । तर पनि शिक्षा, स्वास्थ्यमा राज्यले पूर्ण दायित्व लिएको छ । यसै विधिलाई पनि अपनाउन सकिन्छ ।”

प्रधानमन्त्रीले डा गोविन्द केसीको आन्दोलनले समाजमा नयाँ जागरण ल्याएको र राज्यलाई जागृत गरेको बताएका उनका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

भेटमा डा. गोविन्द केसीले प्रधानमन्त्री दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आग्रहमा आफूले पछिल्लो अनसन तोडेको भन्दै आफ्ना मागलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीलाई आग्रह  गरे ।

डा. केसीले दुरदराजमा सुलभ स्वास्थ्य सेवाको प्रबन्ध, सार्वजनिक संस्थानमा क्षमताका आधारमा नियुक्ति, योग्य विद्यार्थीलाई सर्वसुलभ चिकित्सा शिक्षाको अवसर, माथेमा आयोगको प्रतिवेदनको कार्यान्वयन, राज्यका जिम्मेवार पदमा रहेका व्यक्तिमा जिम्मेवारी बोध गराउन आफू आन्दोलित भएको बताए ।


Previous
Next Post »