Nepal Telecom recharge service which was halted?

काठमाडौ–नेपाल टेलिकमको प्रिपेड सेवामा दुईदिन देखि रिचार्ज हुन सकेको छैन । सफ्टवेयरमा समस्या आएपछि शनिवारदेखि नै टेलिकमका रिचार्ज कार्ड, स्काई र प्रिपेड फोनमा रिचार्ज हुन नसकेको हो ।
टेलिकममा कम गुणस्तरको सफ्टवेयर प्रयोगमा रहेकोले ग्राहकले यस्तो समस्या भोग्नुपरेको हो ।
टेलिकमका उच्च अधिकारीले करोडौ रुपैयाँ अनियमितता गरि कम गुणस्तरका सामान खरिद गर्ने र त्यस्ता सफ्टवेयरले लामो समय काम गर्न नसक्ने अवस्था विगतदेखिकै रहेको एक कर्मचारीले बताए । आर्थिक चलखेलका आधारमा कम गुणस्तरका सफ्टवेयर खरिद भईरहेको उनको भनाइ छ ।
उत्पादन कम्पनी र सामाग्री ढुवानी गर्ने कम्पनीसँग मिलेमतोमा टेलिकमका उच्च तहका कर्मचारीले आर्थिक लाभा लिने गरेका छन् । सोही लाभका लागि कम गुणस्तरका सामाग्री उत्पादन गनेर्् कम्पनीलाई प्राथमिकता दिने गरेको पाइएको छ । त्यस्ता सफ्टवेयर प्रयोगमा आउँदा लोड थाम्न नसक्ने र केही समयमै ससस्या आउने गरेको टेलिकमका एक कर्मचारीले बताए ।
अहिलेपनि मेनेज्मेन्टले सफ्टवेयर अपग्रेड गर्ने वहानामा सेवाग्राहीलाई मारमा पारेको उनको भनाई छ । मोवाइल विलिङ सिस्टमको सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले समस्या आएको टेलिमकले जनाउँदै आएको छ ।
रिचार्ज गर्ने सिस्टमनै पुरानो भएको भन्दै टेलिकमका उच्च कर्मचारीको मिलेमतोमा पुन अर्को सफ्टवेयर खरिद गरि क्षमता विस्तारको योजना बनाइएको छ ।
पटक पटक सिस्टम अपग्रेड गर्न खोजिएपनि सफल नभएकाले समस्या आएको टेलिकमको भनाई छ ।
तर, यो विषय पुरानै रहेको केही कर्मचारी बताउँछन् । रिजार्च गर्ने जस्तो संवेदनशिल सिस्टममा खेलाची गर्ने र कम गुणस्तरका सफ्टवेयर प्रयोगले यस्तो समस्या आइरहने उनले बताए ।
Previous
Next Post »

ConversionConversion EmoticonEmoticon

:)
:(
=(
^_^
:D
=D
=)D
|o|
@@,
;)
:-bd
:-d
:p
:ng