![]() |
संसारका सबैभन्दा बढी कमाउने टप १० अभिनेत्रीको सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि परेकी छिन् । यो सूचीमा परेका सबै अभिनेत्रीको कमाइ १ करोड डलर भन्दा बढी छ ।
दीपिका समेत परेको सूचीमा अस्कर अवार्ड विजेता जेनिफर लरेन्स, जुलिया रोर्ट र फेन्ड्स फेम
अभिनेत्री जेनिफर अनिष्टन लगायतका चर्चित अभिनेत्री परेका छन् ।
फोर्ब्सको सूचीमा परेकी ३० वर्षीया पदुकोण एक मात्र बलिउड अभिनेत्री हुन् । उनी संसारमा सबैभन्दा बढी कमाउने अभिनेत्रीको टप १० सूचीको अन्तिम १० मा परेकी छिन् ।
धनी अभिनेत्रीको सूची सार्वजनिक गरेको अमेरिकी म्यागजिन फोर्व्सले यो वर्ष वाजिराव मस्तानी तथा पीकु जस्ता चलचित्रबाट कारण दीपिकाले ठूलो कमाइ गरेको जनाएको छ ।
हलिउड अभिनेत्रीको तुलनामा कम कमाइ गर्ने भएपनि विज्ञापनबाट दीपिकाले राम्रो कमाइ गरेको बताइएको छ । सन् २००७ मा ‘ओम शांति ओम’ बाट बलिउड डेब्यु गरेकी दीपिकाले १०० करोडको सिमा पारे गरेकी छिन् ।
यी हुन् संसारमा सबैभन्दा बढी कमाउने १० अभिनेत्री
१-जेनिफर लरेन्स – ४.६१ करोड डलर
हलिउड अभिनेत्रीको तुलनामा कम कमाइ गर्ने भएपनि विज्ञापनबाट दीपिकाले राम्रो कमाइ गरेको बताइएको छ । सन् २००७ मा ‘ओम शांति ओम’ बाट बलिउड डेब्यु गरेकी दीपिकाले १०० करोडको सिमा पारे गरेकी छिन् ।
१-जेनिफर लरेन्स – ४.६१ करोड डलर
२- मेलिसा म्याकर्थी- ३.३ करोड डलर
३- स्कार्लेट जोन्सोन- ३.२५ करोड डलर
४- जेनिफर एनिष्टन- २१ मिलियन डलर
५- फ्यान बिङबिङ- १७ मिलियन डलर
६- चार्लिज थेरान- १६. ५ मिलियन डलर
७- एमी एडम्स- १३ दशमलव ५ मिलियन डलर
८- जुलिया रोबर्ट्स – १२ मिलियन डलर
९- माइला कुनिस- ११ मिलयन डलर
१०- दीपिका पादुकोण- १० मिलियन डलर
![]() |



ConversionConversion EmoticonEmoticon