इटली भूकम्प इटालीमा भूकम्पमा परि ज्यान जानेको संख्या एक सय ५९ पुगेको छ । बुधबार बिहान भएको ६ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण तीन सय ६८ जना घाइते भएको इटालीको नागरिक सुरक्षा अधिकारीले बताएका छन् ।

राजधानी रोमबाट एक सय किलोमिटर उत्तर–पूर्वमा रहेको पेरुगिए शहर केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पका कारण मध्य इटालीको पहाडी क्षेत्र बढी प्रभावित भएको छ । ऐतिहासिक शहर एमाट्रिसेमा सबै भन्दा बढी क्षति भएको छ । त्यहाँ कम्तिमा ८६ जनाको ज्यान गएको छ । एमाट्रिसेमाका झण्डै ७५ प्रतिशत भवन ध्वस्त भएको त्यहाँका मेयरले बताएका छन् । अझै पनि धेरै मानिस भत्किएका भवनको भग्नावशेषमा पुरिएको आशंका छ । खोजी तथा उद्धार र राहत वितरणको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । राजभरी पनि भूकम्पमा परि बाँचेका खोजी तथा उद्धारको काम गरिएको छ । पेशकारा डेल ट्रोन्टो गाउँमा भत्नावशेषमा पुरिएका ८ वर्षकी बालिकाको १७ घण्टापछि जिवितै उद्धार गरिएको छ । भूकम्पपछि धेरै परकम्प आएका छन् । ज्यान जानेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारले बताएका छन् । इटालीमा सन् २००९ मा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा तीन सय जनाको ज्यान गएको थियो ।
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon