A young man had a sharp weapon father was killed


भाद्र ४ । दाङमा एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन् ।

जिल्लाको हाँशिपुर गाविस वार्ड नं. २ गोख्ले निवासी २६ वर्षीय हसन मियाँले आफ्नै बुवा ५५ वर्षीय अमिन मियाँको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरमा सामान्य बिवाद हुँदा शुक्रबार राति हसनले धारिलो हतियार र दाउरा प्रहार गरी आफ्ना बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एससी धिरजप्रताप सिंहले बताएका छन् ।

एसपी सिंहका अनुसार बुवाको हत्यापछि हसन फरार छन् । उनको खोजी कार्य भइरहेको र अन्य थप अनुसन्धान जारी रहेको दाङ प्रहरीले जनाएको छ ।
Previous
Next Post »