AFC Player of the life of Nepal dismissed the appeal


काठमाडौंः एएफसीले नेपाली खेलाडीले गरेको आजीवन प्रतिबन्धविरुद्धको अपीललाई खारेज गरिदिएको छ।
एएफसीको अपील कमिटीले म्याच फिक्सिङको आरोपपछि मुद्धा खेपिरहेका चार खेलाडी र एक प्रशिक्षकको अपील बिहीबार खारेज गरेको हो।
गत डिसेम्बर ५ तारिखमा एएफसीले म्याच फिक्सिङमा संलग्न रहेको आरोपमा तत्कालीन नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, विकाश सिंह क्षेत्री, सन्दिप राई, रितेश थापा र प्रशिक्षक अन्जन केसीमाथि आजीवन खेल प्रतिबन्ध लगाएको थियो।
नेपाली खेलाडीहरुले सन् २००८ देखि २०१२ मा भएका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्याच फिक्सिङको गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।
Previous
Next Post »