Karnali extreme food crisis, the government's eyes, still found


काठमाडौं, ४ भदौ - सरकारी कामकाजमा कतिसम्म ढिलासुस्ती हुँदैआएको छ, त्यसको गतिलो उदाहारण हो कर्णालीमा चामल ढुवानी हुन नसक्नु।

केपी ओली सरकारका पालामा ढुवानी गर्ने भनेर सुरु भएको प्रक्रिया प्रचण्ड नेतृत्वको सरकार बनिसकेपछि पनि टुंगिएको छैन। यसअघिका आपूर्तिमन्त्री गणेशमान पुनको त आँखा परेन परेन, नयाँ आपूर्तिमन्त्री दीपक बोहोराले पनि चासो दिएको देखिएको छैन।

सरकारी ढिलासुस्ती र बेवासताका कारण कर्णालीबासी खाद्य अभावको कठोर समस्या भोग्दैछन्। सूस्ती र लम्बेतान प्रक्रियाका कारण कर्णालीको खुक्खा प्रभावित क्षेत्रमा विशेष राहत कार्यक्रमअन्तर्गत हालसम्म सरकारले चामल ढुवानी गर्न सकेको छैन।

कर्णालीका केही क्षेत्रमा भोकमरी सुरु भएको महिना भइसकेको छ।  त्यस क्षेत्रमा गत चैतदेखि चामल ढुवानी भएको छैन। ढुवानी हुन नसक्दा कर्णालीका आठ गाविसका बासिन्दासाग चामल मौज्दात शून्य छ।
Previous
Next Post »