![]() |
भाद्र ४, २०७३- चिकित्सा क्षेत्र सुधारको माग राखेर आठपटकसम्म अनसन बसेका डाक्टर गोविन्द केसी दोस्रोपटक सडक प्रर्दशनमा उत्रिएका छन् । सयौं समर्थक र शुभेच्छुकसाथ बालुवाटार अघी प्रर्दशनमा उत्रिएका डाक्टर केसीले पछिल्लो अनसनपछि भएको सम्झौताहरु पुरा नभएर फेरी अनसनमा बस्न आफु बाध्य हुने बताए ।
उनले सरकार मागहरु पुरा गर्न तयार नभएको र सत्ताको दौडधुपमा व्यस्त भएको बताउदै भने, 'आम जनताको सरोकारको यस्तो विषयमा सांसदहरु बोल्नुपर्नेमा उनीहरु लोकमानको चाकडी गरीरहेका छन् ।'
प्रर्दशनीमा प्लेकार्ड बोकेर सयौं विधार्थी, विभिन्न पेशाकर्मी, कलाकार र नागरिक अगुवाहरु भेला भएका थिए । लोकमानको मनोमानीमा प्रचण्ड किन मौन ? महाअभियोगको प्रक्रियाका अघी वढाउ, संसदको मर्यादा कायम गराउ जस्ता प्लेकार्ड बोडेर प्रर्दशनकारीहरु सहभागी भएका थिए । प्रर्दशनकारीहरुले प्रचण्डको कान कता छ भन्दै प्रधानमन्त्री निवास वालुवाटारतिर फर्केर चकर्ेा नारा लगाएका थिए ।
अध्येता प्रत्युष वन्तले निश्चित व्यक्तिबाट डर हुने यो कस्तो लोकतन्त्र हो भन्दै प्रश्न गरेका थिए । उनले आफु सानो छँदा निर्दलिय पंचायती व्यवस्था भएको स्मरण गर्दै अहिले पार्टी सहितको पंचायती लोकतन्त्र भएको बताए । उनले भने, 'सार्वजनिक महत्वको प्रस्तावमाथी संसलमा छलफल नै निषेध गर्ने यो कस्तो लोकतन्त्रमा हामी बाचीरहेका छौं ?' संसद सुरेन्द्र चौधरीले अहिलेको लोकतन्त्र 'भर्चुअल डेमोक्रेसी' भएका बताउँदै भने, 'लोकमान जन्माउने शक्तीमाथी छानविन जरुरी छ ।' लेखक खगेन्द्र सग्रौलाले भने कुन शक्तीको भय, वाध्यता वा स्र्वाथवश तीन ठुला दलका अगुवाले लोकमानलाई अख्तियार प्रमुखकको रुपमा नियुक्त गरे भन्ने प्रश्नको उत्तर खोजीनु आवश्यक रहेको बताए । 'कुन भय वा वाध्यताले संसदमा यो विषयमाथी छलफल हुदैन, उनले भने, विधीमाथी वलत्कार हुँदा ६ सय एक जना सांसद किन मौन छन ?' नागरिक अगुवा कपिल श्रेष्ठले भने अहिलेको आन्दोलन लामो दौडको हुने बताउदै सत्य प्राप्तीको यात्रामा सबैले पागलको खप्की खानुपर्ने बताए । उनले भने, 'लोकतन्त्रको लागी फेरी लडनुपर्ने बेला आएको छ ।'
डाक्टर केसीले संविधानभन्दा माथि बसेर काम गर्ने छुट कसैलाई नभएको बताउँदै यसबारे संसदले साधेको मौनता अचम्मको विषय भएको बताए । उनले भने, बोल्नुपर्ने सासंदहरु त उल्टै लोकमानको चाकडी गरीरहेका छन् । प्रर्दशनीमा कलाकारहरुको समुह आरट्री ले मौनताको संस्कार शिर्षकमा पर्फमेन्स कला प्रस्तुत गरेका थिए । शरीरभरी व्यान्डेज बेरेर मौन कुर्सीमा बसेका उनीहरुले मौनताको संस्कारविरुद्ध कलामार्फत विरोध गरेका थिए ।
![]() |




ConversionConversion EmoticonEmoticon