![]() |
सामाजीक सञ्जाल फेसबुकको कति प्रतिशत बार्षिक बद्धि भयो त ? फेसबुकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा गत वर्षको तुलनामा १८६ प्रतिशत बढी आर्थिक बृद्धि गरेको छ ।
जारी तथ्यांक अनुसार यो वर्षको दोस्रो त्रैमासिकमा फेसबुकले दुई सय करोड डलरको शुद्ध आम्दानी भएको छ । गत वर्ष सो अवधिमा ७१ करोड ९० लाख डलर आम्दानी भएको थियो । गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा यो वर्षको दोस्रो त्रैमासिकमा १८६ प्रतिशतले आम्दानी बढेको जनाइएको छ
कम्पनीका मूख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गले एक भिडियो सन्देशमा सेयर गरेका छन्, ‘यो त्रैमासिकमा हाम्रा कर्मचारी र हाम्रो कम्पनीले राम्रो प्रदर्शन गरेको छ । भिडियो क्षेत्रमा हामीले जुन प्रगति गरेका छौं, त्यसबाट म खुशी छु ।’
![]() |


ConversionConversion EmoticonEmoticon