Former crown prince Paras new power partner


भाद्र २, २०७३- नयाँ शक्ति नेपाल र पूर्व युवराज पारस शाहका सहयोगी सुनिल खड्काको मातृभूमिका लागि युवा अभियान नेपाल पार्टीबीच बिहिबार समायोजन भएको छ । नयाँ शक्तिले आफ्नो आधिकारिक ट्वीटर हेण्डलमार्फत सार्वजनिक गरेको तस्विर र जानकारी अनुसार यि दुई पार्टीबीच छ बुँदे सहमति भएको छ ।

नयाँ शक्तिले उक्त सहमति पत्कारका साथ स‌ंयोजक डा. बाबुराम भट्टराई र खड्काले हस्ताक्षर गर्दै गरेको, सामुहीक र हात मिलाउँदै गरेको तस्विरसमेत सार्वजनिक गरेको छ ।
सहमतिको पहिलो बुँदामा नयाँ शक्तिले अख्तियार गरेको राजनीतिक मान्यताप्रति पूर्णरुपमा सहमत भएकोले पार्टी समायोजनक गरिएको उल्लेख छ ।

शाह नेपालमा विरक्तिएर सिंगापुर हुँदै थाइल्याण्ड पुगेर बसेका बेला खड्काले नै उनको बासस्थानको ब्यवस्था मात्र होइन, संरक्षण गरेको थियो । उनले त्यस बेला खुला रुपमै आफुले शाहलाई बचाएको तथा आफ्नै घरमा राखेर सहयोग गरेको उल्लेख गरेका थिए ।




Previous
Next Post »