Holy Places gosaikundama 1 million 54 thousand 2 hundred and 48 Dollar gift collection


रसुवाको पवित्र स्थल गोसाईकुण्डमा १ लाख ५४ हजार २ सय ४८ रुपिया भेटी संकलन भएको छ । मेला भर्न आएका भक्तजनहरुले चढाएको भेटी सो परिमाणमा संकलन भएको गोसाईकुण्ड सरोकार समाज रसुवाले जनाएको छ ।

हरेक वर्ष पुत्रदा एकादशीदेखि साउन शुक्ल पुर्णिमा सम्म ५ दिन मेला लाग्ने गर्दछ । मेलामा उठेको भेटी प्रहरी र पत्रकारहरुको रोहवरमा गन्ने परम्परासंगै यस बर्ष पनि जिल्ला प्रहरी कार्यलय रसुवाको प्रांगणमा गणना भएको थियो ।
उठेको भेटी गोसाईकुण्ड सरोकार समाजको बैक खातामा जम्मा गर्ने र सो रकमबाट गोसाईकुण्डको विकासका लागि खर्च गर्ने समाजका अध्यक्ष सन्जिब डिएमले जानकारी दिनुभयो । यस बर्ष गोसाईकुण्ड देशभरका करीब दशहजार तीर्थयात्रीले मेला भरेका थिए ।
Previous
Next Post »