Rio Olympics last competitive tekvandoki Nisha Nepal


काठमाडौं, भदौ ४ – रियो ओलम्पिक अन्तर्गत नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले शनिबार प्रतिस्पर्धा गर्दै छिन् । ६७ केजीमाथिको तौल समूहमा निशाले अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । खेल बेलुका पौने ८ बजे हुनेछ । निशाले चीनकी जेङ शुयिङसँग प्रतिस्पर्धा गर्ने छिन् । पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेकी निशालाई चिनियाँ खेलाडी जेङसँगको खेल कठिन हुनेछ । किनकी जेङ ६७ केजी माथिको समूहकी विश्व नम्बर एक खेलाडी हुन् । वाइल्ड कार्ड पाएर ओलम्पिकमा छनौट भएकी निशाले शनिबारको खेलमा जेङलाई हराउन सकेन क्वाटरफाइनलमा पुग्ने छिन् ।
निशाले आफूले तयारी राम्रो गरेको र जतिसक्दो राम्रो प्राविधिक खेल खेल्ने बताएकी छ |
Previous
Next Post »