![]() |
चिल्लो नखानु, कार्बोहाइड्रड कम, प्रोटिन बढि भएको खाने कुरा खानु, कसरत तथा योगा अनेक गर्दा पनि तौल नघट्दा चिन्ता बढ्नु स्वभाविक हो। शरिरको स्वास्थ्यको लागि यी कुरा अवश्य फाइदाकारी छन्। तथापी अर्को एक उपाय पनि छ सहजै तौल सन्तुलन गर्ने। एक्युप्रेसर।
कसरी? कान नजिक रहेको एउटा प्रेसर पोइन्टले भोक नियन्त्रण गर्न सहयोग गर्छ। च्यापु सुरु हुने स्थान नजिक औला राख्नुस्। च्यापु चलाउनुस्, कानको नजिक रहेको तस्बिरमा देखाइएको स्थान नजिक जहाँ नेर च्यापु बढी चलेको लाग्छ, करिब १ मिनेट दैनिक औँलाले दबाउनुस्।
पाचन प्रक्रिया सहज गर्न घुँडा भन्दा करिब २ इन्च तल औलाले दबाब दिनुस्। खुट्टा चलाउँदा जहाँ नेर मसल्स चलेको अनुभव हुन्छ, दैनिक करिब २ मिनेट सो स्थानमा औलाले दबाब दिनुस्। यसले मधुमेह नियन्त्रणमा समेत सहयोग गर्दछ।
![]() |



ConversionConversion EmoticonEmoticon