Minister names finalized accusing Congress


भाद्र ९, २०७३- पार्टी भित्रको विवाद टुङ्गयाएको कांग्रेसले मन्त्रीहरुको नामावालीको अन्तिम टुङ्गो लगाउदैछ । रामचन्द्र पौडेलले ५ वटा मन्त्री आफ्नो पक्षले पाउनुपर्ने अडान लिएपछि बुधबार हुने भनिएको मन्त्रिपरिषदको विस्तार हुन सकेको थिएन ।
पार्टी सभापति शेरबहादुर देउवाले पौडेलपक्षलाई ५ मन्त्री दिने सहमति जनाएपछि विवाद टुङ्गएिको हो । आ आफ्नो तर्फबाट मन्त्रीको नाम टुङ्गो लगाउन दुवै पक्ष छलफलमा व्यस्त छन् । स्रोतका अनुसार पौडेल पक्षले भने सीतादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी, हृदयराम थानी र रोमी गौचनको नामलाई करिब करिब टुङ्गो लगाएको छ ।
कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी सभापति शुक्रबार उपचारका लागि सिंगापुर जान लागेकाले भोलि बिहान मन्त्रीहरुको सपथ हुने बताए ।'सरकारमा को को जाने विषयमा हामी छलफलको क्रममा छौं,' उनले भने ।
देउवा पक्षाबाट अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड, जीवन शाही को नाम टुङ्गो लागेको उनी निकट स्रोतले जनाएको छ । केशब बुढाथोकी, सुर्यमान गुरुङ र फर्मुला मन्सुर मध्ये कसलाई पठाउने विषयमा टुङ्गो लागिसकेको छैन । खुमबहादुर खडका पक्षबाट पनि एकजना समेट्ने विषयमा छलफल चलिरहेकाले थप तीन नामका विषयमा अझै छलफल भइरहेको स्रोतले जनायो । खडका निकट शंकर भण्डारीको नाम पठाउने सम्भावना छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी भोलि १० बजे तिर सर्लाही जाने कार्यक्रम रहेकाले त्यस अगावै मन्त्रीहरुको सपथ गराउने तयारी छ ।

Previous
Next Post »