Modi repentance before birth? 2 tvitale indicated

प्रधानमन्त्री बनेको १ वर्ष भित्रै २ पटक सम्म नेपाल आएर हाइ हाइ पाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमाथि कठोर बनेर नाकाबन्दी गर्लान भन्ने सायदै कसैले सोंचेका थिए होलान् । तर त्यस्तै भयो । मोदी सरकारकै पालामा नेपाल भारत सम्बन्ध केही दशक यताकै सबैभन्दा खराव अवस्थामा पुग्यो । चाहेर पनि नचाहेर पनि नेपाल चीनको शरणमा पुग्ने अवस्था आयो । चीन सँधै झै सहयोगीरुपमा देखा पर्‍यो ।

नेपालले दुई विशाल देशको विचमा रहेर लिन नसेकका तर लिन सक्ने फाइदाबारे नाकाबन्दीकै सममया बहस भए । नेपालमा भन्दा बढी आर्तनाद भने भारतमा सुनियो । विपक्षी दलका सांसदले मोदीमाथि नेपाल चीनलाई सुम्पेको भन्दै कटु आलोचना गरे । नेपाली जनतासँग सडकमै हात मिलाएका मोदी नेपालीमाथि यति कठोर बन्न सक्लान भन्ने नसोंचिएपनि मोदीको चरित्रबारे नेपालमा ठूलो बहस जन्मियो । २ वर्ष भित्रै मोदी नेपालमा सर्वाधिक घृणाका पात्र बने भन्दा पनि अतियुक्ती हुँदैन ।


नाकाबन्दी हट्यो । नेपाल सामान्य जीवनमा फर्किँदैछ । नाकाबन्दीकै समयमा गठित भारतसँग नझुकेको भनिएको ओली सरकार ढलेर भारतको ‘एस म्यान’ नबन्ने उद्घोष गरेका पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेको छ । संविधान जारी भएकै कारण मधेश असन्तुष्टीको कारण देखाउँदै नेपाली जनतालाई नाकाबन्दीको हतियार प्रहार गर्ने भारतीय संस्थापनको रणनीति के हो भन्ने अझै प्रष्ट भएको छैन । तर नेपालमाथि नाकाबन्दी लाद्ने भारतीय संस्थापनको ब्यवहार र बोली फेरिएको छ ।


पछिल्ला गतिविधी हेर्दा लाग्छ नेपालमाथि नाकाबन्दी प्रत्युत्पादक सावित भएको अनुभव भारतीय संस्थापनले राम्रैसँग गरेको छ ।

प्रचण्डको विशेष दुत बनेर भारतसँग कुरा गर्न पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीसँगको भेटपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका २ ट्वीटले विग्रिएको सम्बन्ध सुधार्दै नेपालसँग आफ्नो बन्न मोदी कति हतारिएका छन् भन्ने झल्किन्छ । केही दिन अघि मात्र भारतीय विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग निकट रहेर सहकार्य गर्न भारत इच्छुक रहेको बताएको थियो । जुनकुरा भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाली समकक्षी विमलेन्द्र निधीसँग पनि दोहोर्‍याएका छन् ।

निधीसँग भेटेपछि मोदीका २ ट्वीट
विमलेन्द्र निधिसँग भेटेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईवटा ट्वीट गरेका छन् । जसको भाषा यस अघि भन्दा नितान्त फरक छ । यस पटक नेपाल र भारतीय जनताबीचको सम्बन्धबारे बोल्न चाहेका मोदी पछिल्लो एक वर्षमा सामाजिक सञ्जालमा नेपालबारे प्रायः मौन थिए । निधीसँग भेटपछिको पहिलो ट्वीटमा मोदीले भनेका छन्, ‘नेपालका उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री विमलेन्द निधिसँग अत्यन्तै राम्रो भेटवार्ता’ भएको उल्लेख गरेका छन् ।

त्यसको केही समयमा गरिएको अर्को ट्वीटमा मोदीले आफ्नो पश्चाताप झल्काउँदै भनेका छन्, ‘नेपाल–भारत सम्बन्ध जनस्तरका बलियो सम्बनधबाट निर्देशित छ । भारत मित्रता थप मजबुत पार्न चाहन्छ ।’ यस अघि भारतीय पक्ष नेपालसँग सम्बन्ध विग्रिएको भन्ने कुरालाई आधिकारिकरुपमा स्वीकार गर्न तयार भएको थिएन ।

मोदीको ट्वीटले उनले नेपालसँग भारतको सम्बन्ध विग्रिएको आधिकारिकरुपमा स्वीकार गर्दै अव सुधार गर्न तत्पर रहेको झल्किएको छ । यस अघि भारतीय राजदुतमार्फत मात्रै नेपालसँगका समस्या सुल्झिसकेको बताउँदै आइएको थियो । आफ्नो भारत भ्रमणका क्रममा तत्कालीन नेपालका प्रधानमन्त्री ओलीले पटक पटक नेपालसँगग सम्बन्ध सुध्रिएको बताएपनि मोदी यस विषयमा एक शब्द पनि बोलेका थिएनन् । मोदीको ट्वीटले अव उनी नेपालसँगको सम्बन्ध विग्रिएको स्वीकार मात्र गरेका छैनन् पश्चातापको भाव सहित उनले अव सम्बन्ध सुधारका लागि तत्पर रहेको संकेत पनि दिएका छन् ।
Previous
Next Post »