Nisha defeated Chinese player


भाद्र ४, २०७३- नेपाली तेक्वान्दो खेलाडी निशा रावल रियो ओलम्पिकको पहिलो खेलमै शनिबार चिनियाँ झेङ सुयिनसँग पराजित भएकी छन् ।

विश्व वरीयताकी नम्बर १ खेलाडी झेङले निशामाथि महिलातर्फ हेभिवेट (६७ केजीमाथि) मा अन्तिम १६ को प्रतिस्पर्धामा २–० को जित दर्ता गर्दै क्वाटरफाइन्ल यात्रा तय गरिन् । झेङले दुवै अंक दोस्रो राउन्डमा जोडेकी थिइन् । उनले किक प्रहार गर्दै एक अंक बटुलेकी थिइन् । निशा पेनाल्टीमा परेपछि प्रतिद्वन्द्वीको खातामा एक अंक थपिएको थियो ।

झेङ फाइनल पुगे निशाले कांस्यपदकका लागि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछिन् । यो स्पर्धामा १६ खेलाडी सहभागी छन् । त्यसमध्ये २० बर्षीय निशा ‘वाइल्ड कार्ड’ पाएर ओलम्पिक खेल्ने एक्ली हुन् । उनी रियो ओलम्पिकमा नेपालकी अन्तिम प्रतिस्पर्धी पनि हुन् ।

Previous
Next Post »