Prachanda is now very Vaux Deuba adding


९ भदौं, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पटक–पटक मन्त्रीको नाम पठाउन आग्रह गर्दा पनि ११ मन्त्रीको नाम पठाउन नसकेपछि चार साता वितिसक्दा समेत सरकारले पूर्णता पाएको छैन ।

कांग्रेसभित्रको आन्तरिक विवादको कारण देउवाले नाम पठाउन नसकेपछि बुधवार राती प्रधानमन्त्री प्रचण्डले देउवालाई टेलिफोन गरेर अब कति दिन लाग्छ भन्ने प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले प्रचण्डको भनाई उदृत गर्दै भने,‘देउवाजी चार साता वितिसक्यो, विपक्षीलाई यही मसला भइसक्यो नेविसंघको निर्वाचन सकिएको एक साता वितिसक्यो, सरकारले भनेजस्तो काम नै गर्न पाएन, विवाद छ भनेर भएन अब त नाम पठाउनु पर्यो, देउवाजी अति नै भो ।’

जवाफमा सभापति देउवाले रामचन्द्रजीको चित्त बुझाउनको लागि केही समय कुरेको जवाफ दिएका थिए । प्रचण्ड प्रधानमन्त्री भएपछि तीन पटक मन्त्रीमण्डल विस्तार गर्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन् ।

सरकारले पूर्णता नपाउदा मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधनको प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन् । मधेसी मोर्चाले तत्काल संविधान संशोधनको प्रक्रिया थाल्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिन सुरु गरेपनि कांग्रेसले आफ्नो तर्फबाट पाउने ११ मन्त्री छनोट गर्न सकेको छैन् ।

कांग्रेसले मन्त्री छनोट गर्न नसक्दा प्रधानमन्त्री प्रचण्ड तनाबमा परेका छन् ।

परिणाममुखी काम गर्ने प्रतिबद्धता गर्दै सार्वजनिक कार्यक्रममा समेत नजाने घोषणा गरेका प्रधानमन्त्री प्रचण्ड सरकारले पूर्णता नपाउदा भनेजस्तो कामलाई अगाडि बढाउन नसकेको बताउदै आएका छन् ।
Previous
Next Post »