Rolpa, a young man decided to issue hampered 9 years' prison Nitaqat


साउदी । बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका रोल्पाका एक युवक ९ वर्षदेखि जेल जीवन बिताइरहेका छन् । थबाङ ं४,रोल्पाका पन्च बहादुर रोका मगर बिगत ९ बर्ष देखि साउदी अरबको जेलमा छन् ।

९ वर्ष भैसक्दा पनि अदालतले अहिलेसम्म फैसला नगरिदिदा उनी बिना फैसला ९ वर्षदेखि जेल जीवन बिताउन बाध्य छन् ।

कामकै क्रममा भारतीय नागरिकको झगडाका क्रममा मृत्यु भएपछि त्यसका आरोपमा उनलाई जेल चलान गरिएको थियो । ९ वर्ष भैसक्दा पनि अदालतले अहिलेसम्म फैसला नगरिदिदा उनी बिना फैसला ९ वर्षदेखि जेल जीवन बिताउन बाध्य छन् ।काठमाण्डौमा रहेको सन मेनपावर मार्फत साउदी अरब पुगेका उनी एक  साउदी नागरिकको मझरा अर्थात भेडा राख्ने ठाउँमा काम गर्दै आएका थिए । मृत्यु भएका भारतीय नागरिकका परिवार अहिलेसम्म पनि सम्पर्कमा नआएका कारण उनको फैसला हुन नसकेको हो ।1

रोका मगर  हत्या अभियोगमा लामो समयदेखि जेलमा भएपनि कतैबाट कुनै सुनवाई वा उद्दारको काम नभएको दुखेसो गरे । अहिले सम्म मुद्धाको किनारा नलाग्दा मगरले उद्दारका लागि सबैमा अपिल गरेका छन् ।उनका अनुसार मुद्धाको किनारा लगाउन अदालतले नेपालको दुतावासमा सम्पर्क गर्न वा मृतकका परिवारलाई उपस्थित गराउन भनेको छ । तर उनी जेलमा भएका कारण कसैसँग सम्पर्क गर्न सकेका छैनन् । उनका श्रीमति,एक छोरा र छोरी छन् ।
Previous
Next Post »