Sahid Gate construction Overview


२०१५ सालको घटना हो । त्यसबेला सानो टुँडिखेलमा तत्कालीन नेपाल सरकारका सबै अड्डाहरूका तर्फबाट विशेषखाले प्रदर्शनीको आयोजना गरएिको थियो । म पनि भर्खरै कलकत्ता विश्वविद्यालयको बंगाल इन्जिनियरङि् कलेजबाट बीई गरेर आएको थिएँ । सदर पब्लिक निक्सारी अड्डामा जागिरे मैले आफ्नो अड्डाका तर्फबाट 'अफिसियल बि्रफिङ्' गर्नुपर्ने थियो ।

विदेशी पाहुनाहरू प्रशस्त थिए । पण्डित जवाहरलाल नेहरूको नेतृत्वमा आएको प्रतिनिधिमण्डल पनि उपस्थित थियो । त्यत्तिकैमा राजा महेन्द्रसँगै रानी रत्नको सवारी भयो । शिष्टाचारपूर्वक आफ्ना कुराहरू राख्दै थिएँ, रानी रत्नले मेरो हजुरबुबा सरदार कविराज शिवनाथ रमिालको नाम लिँदै एक्कासि भनिहालिन्, "यो त फलानाको सन्तानजस्तो छ नि !" त्यत्तिकैमा महेन्द्रले 'म तिमीलाई पछि दरबारमा बोलाउँछु' भने । मलाई लाग्यो, सरकारबाट हुकुम भएको छ, अवश्य बोलावट आउँछ होला । केही जिम्मेवारी दिइन्छ होला ।

नभन्दै त्यसको केही समयपछि दरबारबाट बोलावट आयो । त्यसबेला राजाको अफिस ३ नम्बर बंगलाको एकतला माथि थियो । भर्‍याङ चढेर जानुपथ्र्यो । कौसी थियो, त्यससँगै पाल टाँगिएको थियो । भुइँतलामा सुरक्षाकर्मीहरू बस्थे । म त्यहाँ पुगेपछि मुख्य जर्नेलले छाता ओढाएर राजाका सम्मुख पुर्‍याएर फर्किए । मलाई बडो अनौठो लाग्यो । मजस्तो सामान्य इन्जिनियरलाई त्यो सब गर्नु आवश्यक थिएन । जनरलले त्यसो गर्दा कस्तो कस्तो लाग्दो रहेछ । तर, नियमका अघि कसको के लाग्छ र !

त्यसबेला राजासँग एकान्तमै कुरा हुन्थ्यो । परम्परा नै त्यस् तै थियो । एक्लै राजालाई भेट गर्न पाइन्थ्यो । कुराकानीबारे कि राजालाई थाहा हुन्थ्यो कि त सम्बन्धित व्यक्तिलाई । अरू कसैले त्यसको सुईंको समेत पाउँदैनथे । राजासँग भएको कुराबारे बाहिर आएर हल्ला गर्दै हिँड्ने प्रश्नै भएन ।

राजाहरूको विशेषता नै भेट गर्न जाने मानिसहरूसँग घरायसी कुरा गर्ने, हजुरबुबा/जिजुबुबा आदिका बारेमा सोध्ने र सबैलाई चिनेजस्तै गरी प्रस्तुत हुने हो भन्ने सुनेको थिएँ । त्यस भेटबाट मलाई पनि त्यस्तै लाग्यो । किनभने, मसँग पनि त्यस्तै कुराकानी भयो । इन्जिनियरङि् पढेर आएका बारेमा कुरा निस्किएपछि राजा महेन्द्रले भने, "प्रजातन्त्र आइसकेकाले त्यसको सम्झनामा एउटा स्मारकको डिजाइन गर न त !" भर्खर भर्खर पढेर आएको ठिटोले त्यत्रो जिम्मेवारी पाउनु ठूलै कुरा थियो । अरू काम पनि थिएन । हात ज्यादै छिटो चल्थ्यो । केही समय अध्ययन गरेँ । र, फरक-फरक नौ किसिमका नक्सा बनाएर राजालाई चढाएँ । एउटा नक्सा स् वीकृत भयो ।

नक्सा स्वीकृत भएपछि पनि त्यसको निर्माणमा केही समय लाग्यो । ०१७ साललगत्तै त्यसको निर्माण पूरा गर्दा प्रजातन्त्र अपदस् थ भइसकेको थियो । त्यस अवस्थामा प्रजातन्त्रको सम्झनामा स्तम्भ निर्माण गरएिको भन्दा पत्याउने कुरा हुँदैनथ्यो । प्रजातन्त्र मासेको आरोप लागिरहेको अवस्थामा त्यस्तो स्मारक बनाउनुको अर्थ पनि रहँदैनथ्यो ।

त्यो स्तम्भ निर्माणका लागि बजेट पनि थोरै छुट्याइएको थियो । यस्तै करबि डेढ लाख हुनुपर्छ । छुट्याइएको बजेटभित्र रहेर त्यसको निर्माण पूरा गर्न सकिने योजना बनाउनु पथ्र्यो । रमाइलो कुरा त के थियो भने, छुट्याइएको न्यूनतम बजेट पनि पूरै खर्च गर्नु नपरे हुन्थ्यो भनिन्थ्यो । किनभने, छुट्याइएको बजेटबाट जति धेरै बचाउन सकियो उति सम्बन्धित पदाधिकारीको मानमनितो उँचो हुन्थ्यो । र, उस्तै परे मानपद्वी पनि मिल्थ्यो । बजेटमा छुट् याइएको रकम जति कम खर्च गर्‍यो, दरबारका मानिसहरू उति धेरै खुसी हुन्थे । उनीहरूलाई खुसी तुल्याउनु कर्मचारीको निहित उद्देश्यजस्तै थियो ।

नक्सांकन हुँदा स्तम्भ गेटका हिसाबले बनेको थियो । हात्ती छिर्ने गेट । गाडी आदिको त्यति प्रचलन नभएकाले राजा स्वयं पनि हात्तीमा सवार भएर सहर परत्रिmमा गर्थे । हात्ती मात्र छिरेर भएन, हात्तीमाथि हौदा हुन्थ्यो । त्यसमाथि राजा बस्ने र राजालाई झल्लरी ओढाइन्थ्यो । त्यसो गर्दा त्यसको सोझो उचाइ लगभग २० फिट हुन्थ्यो । तसर्थ, त्यस स्तम्भको अग्लाइ करबि २३ फिटको हुनुपर्ने मेरो ठम्याइ थियो ।

मैले त गेटका रूपमा त्यसको नक्सांकन गरेको थिएँ । निर्माण कार्य पनि त्यही रूपमा सम्पन्न भयो । तर, पछि बीचको बाटो बन्द गरेर दायाँबायाँबाट निकालियो । खै किन त्यसो गरयिो ? म आफैँलाई जानकारी भएन ।

मानिसहरू अहिले आएर कुरा काट्छन् । 'राजा महेन्द्रले भनेमुताबिक बनाइयो' पनि भन्छन् । स्वाभाविक हो, उनैले बनाउन लगाएका हुन् भने कसले भने अनुसार हुन्छ त ? राजाले त मलाई सुरुमा त्रिभुवन र चार सहिदको स्तम्भ राख्ने कुरा नै गरेका थिएनन् । खालि प्रजातन्त्रको सम्झनास्वरूप केही चिनो राख्ने कुरा भएको थियो । पछि मात्रै तल चार जना र माथिपट्ट िएक जनाको स्तम्भ राख्ने कुरा भयो । चार सहिद र राजा त्रिभुवनको नाम त पछि मात्र तय गरएिको थियो ।

मानिसहरू सहिदहरूभन्दा माथि राजाको स्तम्भ राखिएकामा पनि कुरा काट्छन् । अहिलेको परविेशलाई हेरेर त भएन नि ! त्यसबेला त्यही उपयुक्त थियो । सहिदभन्दा राजा नै माथि थिए । किनभने, प्रजातन्त्र ल्याउन राजा त्रिभुवनको ज्यादै ठूलो देन मानिन्थ्यो ।

त्यस स्तम्भको नामका बारेमा पनि मानिसहरूमा भ्रम छ । सहिद गेट भनेर त धेरै पछि मात्रै चर्चामा आएको हो । त्यसको खास नाम नेपाल स्मारक हो । त्यसबेला त्यही नाममा त्यसको स्थापना गरएिको थियो । र, ०१८ वैशाख १ गते त्यसको उद्घाटन हुँदा पनि राजा महेन्द्रले सोही नाममा उद्घाटन गरेका थिए । प्यागोडा शैलीमा निर्माण गरएिको त्यसको 'कन्सेप्ट' मैले भक्तपुरको गोल्डेन गेटबाट लिएको हुँ । त्यो कुरा म लुकाउन चाहँदिनँ ।
Previous
Next Post »