Singha sat result, severe cahanchu


३ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सिंहदरबारमै बसेर परिणाम निकाल्ने गरी काम गर्न चाहेको बताएका छन् ।

हरेक दिन नयाँ काम, प्रचण्ड सरकार ‘हार्ड एण्ड फास्ट’ लक्ष्यमा

शुक्रबार बिहान बधाई तथा शुभकामना दिन आएको सिन्धुलीको टोलीसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘धेरै औपचारिक कार्यक्रममा जाने सोचेको छैन ।

सिंहदरबारमै बसेर सरकारका कामको निरीक्षण, अनुगमन गरी परिणाम निकाल्न चाहेको छु ।’ भेटमा प्रधानमन्त्रीले संविधान संशोधन गरेर निर्वाचनको प्रक्रियामा जाने वातावरण बनाउन आफू लागि परेको बताए ।

प्रधानमन्त्रीले भने, ‘संविधान संशोधनको प्रस्ताव दर्ता गरेर स्थानीय तहको निर्वाचनतिर जाँदैछौं । यसले देशमा राजनीतिक स्थिरताको वातावरण निर्माण गर्नेछ ।’

एउटा खाडलः जहाँबाट वर्षेनी निस्किन्छ २ खर्व ८० करोडको हिरा

प्रधानमन्त्रीले चीन र भारतसँग सन्तुलित कुटनीतिक सम्बन्धका लागि उच्चस्तरीय दुत पठाएको भन्दै आन्तरिक र बाह्य राष्ट्रियतालाई एकीकृत गर्नु आफ्नो दायित्व भएको बताए ।

भेटमा सिन्धुलीको टोलीले भूकम्पपीडितका लागि राहत रकम थोरै भएको भन्दै राहत रकम वृद्धिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
Previous
Next Post »