Taking the capital of Nepal photai Photos


भाद्र ७, २०७३- बेल्जियम र यूरोपकै राजधानी मानिने ब्रसेल्स शहर भित्र चल्ने विभिन्न ट्रामहरु यतिबेला नेपालका पर्यटकीय आकर्षण एवं विशेषता झल्काउने पोस्टरहरुले सजिएका छन् । झट्ट हेर्दा अचम्म लाग्न सक्ने ती पोस्टरहरु अरु केहि नभएर नेपाली दूतावास बेल्जियमले भूकम्पपछिको शिथिल पर्यटन प्रवद्र्घनको लागि गरेको पब्लिसिटीको काइदा हो ।

‘वेलकम टू नेपाल, द बर्थप्लेस अफ लर्ड बुद्व’, ‘नेचुरल्ली नेपाल, वन्स इज नट इनफ’, ‘माउन्ट एभरेष्ट, टप अफ द वल्र्ड: नेपाल्स यूनिक ट्रेजर’, ‘नेपाल: अलवेज एटरेक्टिभ एण्ड सेफ डेसटिनेशन फर टूरिस्ट’, तस्बिरहरुले रंगिएका ट्रामहरु ब्रसेस्ल वरिपरि गुडिरहेका छन् । यूरोपियन युनियन र नेटोको हेडक्वार्टर रहेको ब्रसेल्स सहर, जहॉ अन्तर्राष्ट्रिय बैठक र सेमिनारहरु हुने गर्छन् । अन्तर्राष्ट्रिय महत्त्व राख्ने ब्रसेल्समा संसारभरबाट पर्यटकहरु त्यहॉ पुग्ने गर्छन् ।

निकै व्यस्त सहर ब्रसेल्स, मानिसहरु आवज जावतको लागि दैनिक हजारौले  ट्रामलाई प्रयोग गर्छन । यात्रु र अन्य सबैको ऑखा पर्ने हुनाले यातायातको  नेटवर्कमा गरिएको विज्ञापनलाई युरोपेली मुलुकहरुमा प्रभावकारी नै मानिन्छ । यहि अगस्त १६ देखि २९  सम्म दुई हप्ताका लागि २० वटा ट्राममा राखिएका पोस्टरहरुमा लाखैको ऑखा पर्ने  र पर्यटन प्रवद्र्घनको लागि प्रभावकारी हुने दूतावास श्रोतको दावी छ ।

दूतावासले नेपाल प्रबर्द्धन अन्तर्गत गत जुलाई ११ मा नेदरल्याण्डको आमष्ट्रडममा ‘नेपाल प्रमोसन इभेन्ट’ कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा कार्यवाहक राजदूत घनश्याम भण्डारीले नेपालको पर्यटन क्षेत्रको हालको अवस्थाबारे चित्रण गर्दै गत वर्षको विनाशकारी भूकम्पपश्चात समेत नेपाल  पर्यटनको लागि सुरक्षित गन्तव्य रहेको जानकारी गराएका थिए । नेपालको पर्यटन सबै खालका पर्यटकका लागी सबै खालका अनुभवहरू दिनसक्ने र साहसी एंव पर्या पर्यटन नेपालको विशेष उत्पादन रहेको बताएका थिए ।

कार्यक्रममा उपस्थित डच नागरिकहरुले आफू नेपाल भ्रमण गर्दाका रोचक कहानी सुनाएका थिए । विभिन्न पेशा एवं क्षेत्रमा संलग्न गैरआवासीय नेपाली, डच र अन्य विदेशी नागरिकहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

Previous
Next Post »