Thagiina Bollywood actress, she knows only after the messages on mobile


बलिउड नायिका नरगिस फाखरी ठगीको शिकार भइकी छिन्।

केही दिन पहिले अमेरिकाबाट भारत फर्केकी नरगिसको क्रेडिट कार्डबाट कसैले ६ लाख भारुको सपिङ गरिदिएछ। घटना सोमबारको हो। आफु ठगिएको थाहा पाएपछि नरगिसले प्रहरीमा उजुरी गरेकी छिन्।

ब्याङ्कबाट मोबाइलमा म्यासेज आएपछि नरगिसले आफ्नो क्रेडिट कार्ड अन्य कसैले प्रयोग गरेको थाहा पाएकी थिइन।

कार्डबाट करिब ९,०६२ डलर खर्च गरिएको छ। ठगि गर्नेले नरगिसको कार्डको डुप्लिकेट क्रेडिट कार्ड बनाएको बताइएको छ। सपिङ गर्नलाई कार्ड प्रयोग भएको म्यासेज आएपनि प्रहरीले भने पैसा निकाल्नलाई नै ठगले कार्ड प्रयोग गरेको बताएको छ।
Previous
Next Post »