The brothers made the son of counterfeit fraud arrested


नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाइलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज नयाँबजारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ६९ वर्षीय मोहम्मद अनवर र ठहिटी घर भई खुशीबुँ टाउनप्लानिङ बस्ने ५६ वर्षीय मोहम्मद वसी रहेको प्रहरीले जनाएको छ ।

ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतको २०७२ माघ ४ गतेको फैसलाले उनीहरूलाई जनही एक वर्ष कैद र रु सात लाख ३१ हजार जरिवाना हुने सजाय भएको र उक्त कैद तथा जरीवाना बेरुजु भई फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ ।

उनीहरूले रगतको साइनो नभएकी तर आपूmहरूलाई पालनपोषण गर्ने अमिला विबीको शेषपछिको हकदार हामी हौँ भनेर विबी र दिवर बज्यु नामका दुई फरक व्यक्ति एकै हुन् भनी झुठा ब्यहोराका नक्कली मृत्यु दर्ता र नाता प्रमाणितसमेतका कागजात बनाएका थिए ।
ती दाजुभाइले अमिला विबीको नाममा दर्ता स्रेस्ता कायम रहेको साङ्ला गाविस–९ ९ग० को जग्गा जाल परिपञ्च गरी २०६३ मङ्सिरमा आफ्ना नाममा नामसारी गराई रु चार लाख ७० हजारमा बिक्री गरी प्राप्त रकम आधाआधा बाँडी लिई ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका उनीहरूलाई आजै काठमाडौँ जिल्ला अदालतको आदेशले कैद भुक्तानीको लागि केन्द्रीय कारागार सुन्धारामा पठाइएको प्रहरीले जनाएको छ । रासस
Previous
Next Post »