The shopkeeper did not pay the amount of medicines and medical sick child abduction


गरीबी अभिषाप हो या सजाय ? गरीब हुनुको पीडा मानिसले वर्तमान समाजमा पाइलापाइलामा चुकाउनु पर्छ । विरामी छोराको उपचार खर्चको जोहो गर्न नसक्दा धनकुट्टाका एक गरीब परिवारले यस्तै सजाय भोग्नु प¥यो । मेडिकलबाट लिएको औषधिको रकम तिर्न नसक्दा विरामी छोरोलाई मेडिकल पसलेले अपहरण गरेर धरानका एक व्यापारीले भने मानवताको नयाँ परिचय थपेका छन् ।


रुखवाट लडेर घाइते भइ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरि घर फर्कने क्रममा दिलमाया तामाङका १२ बर्षीय छोरा सुनिललाई प्रतिष्ठानको गेट अगाडि रहेको हरिओम मेडिकलका सञ्चालक डम्बरनारायाण साहले धरानको भानुचोकबाट औषधि पैसा तिर्नु अनि छोरो लानु भन्दै लगेका थिए ।  शुक्रबार विहान छोरोको खोजीमा प्रतिष्ठानको आकस्मिक कक्ष अगाडि यताउता भौतारिरहेकी सुनिलकी आमा दिलकुमारीलाई प्रहरीले समेत वेवास्था गरेपछि प्रतिष्ठानका सुरक्षागार्ड र सञ्चारकर्मीलाई आफ्नो पीडा सुनाएपछि मात्र उनको छोरोलाई मेडिकल सञ्चालक साहले प्रतिष्ठान हातामै रहेको भागवत प्रसाद धर्मशालामा लगेर लुकाएको खुलेको थियो । चौतर्फी दबाब पछि बल्ल प्रतिष्ठान हातामा रहेको प्रहरीबीटका प्रहरीले मेडिकल सञ्चालक साहलाई नियन्त्रणमा लिएका थिए । अस्पतालबाट आफ्नो छोरो उपचार पछि घर लाने क्रममा  मेडिकल सञ्चालक साहले आफ्नो छोरोलाई भानुचोकवाट मोटर साइकलमा जवरजस्ति  लिएर  गएको पीडित दिलकुमारीले वताइन ।
प्रतिष्ठान भित्र इलेक्ट्रनिक सामानको ठेक्का पाएको माइक्रोटेका इलेक्ट्रिक इन्जिनियर समेत रहेको साहले औषधिको पैसा नतिरेको कारण उनिहरुको दिलकुमारीको छोरालाई धर्मशालामा लगेर राखेको स्वीकार गरेका छन् ।
साहले यस अघि पनि प्रतिष्ठानमा आउने विरामीहरुलाई सस्तोमा औषधि दिने तथा बाँकी समेत दिने भन्दै विरामीका आफन्तलाई ठगि गर्दै आएको पीडितहरुले वताएका छन् । साहले प्रतिष्ठान हातामा रहेका प्रहरी विटका इन्चार्ज प्रहरी नायव निरीक्षक तिलक गिरी मार्फत प्रहरीलाई कमिशन दिने गरेको र अस्पताल प्रतिष्ठानको गेटमा दलालहरु राखेर औषधि खरिदका लागि विरामीका आफन्तहरुलाई आफ्नो पसलमा ल्याउने गरेको समेत खुलेको छ ।
Previous
Next Post »