![]() |
रियो दी जेनेरियोः भारतीय ब्याडमिन्टन खेलाडी पिभी सिन्धु महिला सिंगल्स ब्याडमिन्टन स्पर्धाको फाइनल प्रवेश गरेकी छिन्। योसँगै भारतले ब्राजिलमा जारी रियो ओलम्पिकमा दोस्रो पदक पाउने पक्का भएको छ।
महिला ब्याडमिन्टनमा विश्व बरियतामा ६ नम्बरमा रहेकी जापानकी निजोमी ओकुहारालाई २१–१९ र २१–१० को सोझो सेटमा पराजित गर्दै सिन्धु फाइनल प्रवेश गरेकी हुन्।
भारतीय खेलाडी सिन्धुले अब स्वर्ण पदकका लागि फाइनलमा विश्व बरियतामा एक नम्बरमा रहेकी स्पेनकी कारोलिना मारिनसँग प्रतिस्पर्धा गर्नेछिन्। कारोलिना दुई पटककी विश्व विजेता खेलाडी हुन्।
उनलाई हराउन सकेन सिन्धुले भारतलाई पहिलो स्वर्ण पदक दिलाउने छिन्। भारतले जारी ओलम्पिकमा एकमात्र कास्य पदक जितेको छ।
यसअघि बुधवार राति भएको ५८ किलो तौल समूहको रेस्लिङमा साक्षी मलिकले भारतलाई कास्य पदक जिताएकी थिइन्।
![]() |


ConversionConversion EmoticonEmoticon