बच्चा जन्माएर हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुर ले एक महिला लाई पक्राउ गरेको छ । बिजौरि गाविस–३ मनिकापुर बस्ने २० वर्षकी पार्वती विकले घरमै बच्चा जन्माएर हत्या गरि लुकाएको अवस्थामा प्रहरीले फेला पारेको छ । प्रहरी निरिक्षक खुमानन्द पाण्डेको नेतृत्वमा गएको प्रहरीे टोलिले अनुसन्धान गर्दा पार्वतीले अबैध गर्भधारण गरि जन्माएको बच्चाको हत्या गरेर लुकाएको अवस्थामा फेला पारेको हो । जन्मिसकेपछि नवजात वालिकाको हत्या गरि कपडामा बेरेर घरमै लुकाएर राखेको अबस्थामा शिशुको शव फेला परेको ईप्रका तुलसीपुरका डिएसपी कृष्ण प्रसाईंले बताए । अत्यधिक रक्तस्राव भएकोले पार्वतीको प्रहरीको निगरानीमा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon