Faith Temple also fell not broken


दिपक चन्द, भूकम्पले हाम्रा मन्दिरहरु भत्काए पनि हाम्रा आस्थाहरु डगमगाएका छैनन् । वैशाख १२ को महाविनाशकारी भूकम्पले क्षतिग्रस्त पाटनको कृष्णमन्दिरमा देखिएको भक्तजनको घुँइचोले हाम्रो अटल आस्थालाई पुनः एकपटक प्रमाणित गरेको छ । अहिलेसम्म पुननिर्माण नभएको पाटनको कृष्णमन्दिरमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । मन्दिर भित्र रहेको कलशलाई बाहिरै राखेर सर्वसाधारणलाई पूजाअर्चना गर्न दिइएको छ । मन्दिर परिसरमा मात्रै पूजा गर्न भएपनि ललितपुरको कृष्ण मन्दिरमा सर्वसाधारणको भीड लागेको छ ।
पाटनको कृष्ण मन्दिरको पुर्नर्निमाणको काम जारी छ । पुर्नर्निमाण चलिरहेकै समयमा भगवान कृष्णको जन्मउत्सव अर्थात कृष्ण जन्माष्टमी परेपछि भक्तजनहको विहानैदेखि भिडभाँड थियो । कृष्णको दर्शन गर्न निकै टाढा टाढावाट भक्तजनहरु ललितपुरको मंगलवजारमा अवस्थित कृष्ण मन्दिर पुगेका छन । भूकम्पले क्षतिग्रस्त वनाएको कृष्ण मन्दिरको मुल ठाउँमा जान नदिए पनि मन्दिरकै भूईतलामा भगवान कृष्णको दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । भूकम्पले क्षतिग्रस्त पुगाएको कृष्ण मन्दिरमा आउने भक्तजनहरुमा भगवान कृष्णप्रतिको मोहमा भने कुनै कमी देखिदैनथ्यो । भक्तनहरु कृष्ण जन्माष्टमीका दिन उपासना तथा पुजाआजा गर्दा एक किसममो शक्ति प्राप्त हुने र मनोकामना पुरा हुने विश्वास रहेको छ ।

दिनभर निराहार बसेर कृष्ण भगवानको पूजाआजा र दर्शन गर्दा मनोकाँक्षा पुरा हुने पुरोहीतहरु वताउँछन । भगवान विष्णुको आठौ अवतार समेत रहेको कृष्णले अन्याय, अत्याचारसँग जुधने शक्ति दिने विश्वास रहेको समेत पुरोहीतहरुको दावी छ ।

पाटनको कृष्ण मन्दिरसँगै वसन्तपुरको हनुमानढोकामा अवस्थित कृष्ण मन्दिरको अवस्था पनि उस्तै छ । बैशाख १२ को महाविनाशकारी भूकम्पवाट यो मन्दिर पनि अछुतो रहन सकेन । यहाँ आउने भक्तजनहरुमा पनि भगवान कृष्णप्रतिको उत्साह र आस्थामा कुनै कमी देखिदैनथ्यो । विहानैदेखि वसन्तपुरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनहरुको उत्साहजनक भिडभाँड रहेका छ ।
Previous
Next Post »