Airlines are still adding destination


विहिवारबाट आठौं गन्तव्यको रुपमा दुबईमा नयाँ उडान थालेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले यो वर्ष अर्को एउटा अन्तर्राष्ट्रिय गन्तव्य बढाउने योजना बनाएको जनाएको छ।
यो वर्ष राम्रो मुनाफा कमाएको बताएको निगमले तीन वर्षमा चार वटा ठूला विमान किन्ने र उडानलाई युरोपसम्म विस्तार गर्ने योजना बनाएको नेपाल वायुसेवा निगमका अधिकारीले बताएका छन्।
तयारी
चार वर्ष अगाडि बन्द गरिएको काठमान्डू दुबई उडान विहिबार रातीबाट पुन:शुरु भएको छ।
निगमले अब चांडै नै चीनको ग्वाङझाउमा उडान थप्ने तयारी गरेको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए।
उनले भने, "नवौं गन्तव्यको रुपमा आगामी अक्टोबरमा चीनको ग्वाङझाउको लागि प्रयास भइरहेको छ। ग्वाङझाउपछि हाम्रो लक्ष्य लामो दुरीका जापानको टोकियो, दक्षिण कोरियाको सोल, चीनको सांघाई र बेइजिङ जस्ता गन्तव्यमा पुग्नु रहेका छन्। "
विमान संख्या
नवौं गन्तव्यको रुपमा आगामी अक्टोबरमा चीनको ग्वाङझाउको लागि प्रयास भइरहेको छ। ग्वाङझाउपछि हाम्रो लक्ष्य लामो दुरीका जापानको टोकियो, दक्षिण कोरियाको सोल, चीनको सांघाई र बेइजिङ जस्ता गन्तव्यमा पुग्नु रहेका छन्
सुगतरत्न कंसाकार, प्रबन्ध निर्देशक, नेपाल वायुसेवा निगम
फराकिलो योजना बुनेपनि निगमसंग भने हाल चार वटा ठूला जहाज मात्र छ, जसमा विग्रिएर रहेको एउटा जहाज बेच्ने प्रकृया शुरु भइसकेकाले बांकी तीनवटा जहाजले मात्र सेवा दिइरहेका छन्।
तर आगामी डेढ वर्षमा दुई वटा नयाँ जहाज थप्न लागिएकोले योजना अनुरुप काम हुने आशा प्रवन्ध निर्देशक कंसाकारको छ।
उनले थपे, "हाम्रो योजना अनुसार आगामी १२ देखि १३ महिनामा पहिलो जहाज आइपुग्नेछ। एकै पटक दुईवटा आउँदैन। चार पाँच महिनाको बीचमा अर्को आउनेछ। त्यो प्रकृया शुरु भइसकेको छ।"
गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय उडानबाट ७ अर्ब रुपियाँ आम्दानी गरेको निगमको थप जहाज खरिद प्रकृया बोर्डमा रहेको निगमका प्रवक्ता रामहरी शर्माले बताए।
उनले भने, "प्रकृया अहिले बोर्डमा छ। अर्थ मन्त्रालयमा हामीले लगानीको लागि अनुरोध गरेका छौं। सम्भवत: दुई हप्तामा राम्रै निर्णय आउनसक्छ।"
निगमले अन्तर्राष्ट्रिय उडानको संख्या बढाउन नसक्दा अहिले नेपालबाट हुने हवाई व्यापारको ९० प्रतिशत हिस्सा विदेशी जहाज कम्पनीहरुले ओगटेका छन्, जसले गर्दा नेपाल आउने पर्यटकहरुले महंगो मूल्य तिर्न वाध्य भइरहेको बताइएको छ।
Previous
Next Post »