![]() |
काठमाडौं,९ भदौ । म्याच फिक्सिङमा संलग्न रहेको भन्दै लगाइएको आजीवन प्रतिवन्ध विरुद्ध नेपाली खेलाडीले गरेको अपिल एशियाली फुटबल महासंघ एएफसीले खारेज गरेको छ ।
आज बसेको एएफसीको अनुशासन समितिको बैठकले प्रशिक्षक अन्जन केसी, खेलाडीहरु सन्दिप राई, रितेश थापा, विकास सिंह क्षेत्री र सागर थापा विरुद्ध अपिल खारेज गरेको हो ।
उनीहरु विरुद्ध सन् २००८ देखि २०१२ सम्म भएका विभिन्न प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोप लगाएको थियो। उनीहरु विरुद्ध गएको डिसेम्बर ५ को निर्णय अनुसार कुनै पनि फुटबल गतिविधिमा संलग्नता जनाउन नपाउने गरि लगाइएको आजिवन प्रतिवन्धनको निर्णय यथावत रहेको उल्लेख गरेको छ ।
![]() |


ConversionConversion EmoticonEmoticon