![]() |
अष्ट्रेलियामा रहस्यमय रोग फैलिएको खबर छ।
अष्ट्रेलियामा छाला खाने भाइरस फैलिएको अन्तराष्ट्रिय मिडियाले बताएका छन्।
भाइरस कहाँ बाट फैलियो डाक्टरहरुको लागि पनि रहस्य बनेको छ।
बेर्न्सडेल भाइरस जसलाई बुरुली अल्सरको नामले समेत चिनिन्छ, यसले छाला खान्छ, बोसो, नशा अनि कतिपय केसमा हाड समेत खाएको पाइएको छ।
अष्ट्रेलियाको भिक्टोरियामा देखिएको यो भाइरसको असर यो वर्ष मात्र ४५ जनामा देखिसकिएको छ। तर भाइरस न्यु साउथ वेल्स तिर सर्न सक्ने सम्भावना रहेको बताइन्छ।
मेडिकल रिसर्चर तथा प्रोफेसर पउल जोनसन यो भाइरस न्यु साउथ वेल्समा अहिलेसम्म नदेखिएकोमा आफै आश्चर्यमा छन्। उनी भन्छन्, ‘भिक्टोरियन सिमी नजिक थुप्रै केस भेटिएका छन्। भाइरस त्यहाँबाट अन्यत्र जाने सम्भावना छ।’
डाक्टर तथा जानकारहरु रोग कसरी सर्यो भन्ने बारेमै अलमलिएका छन्। पोसुम नामक जनावरबाट लामखुट्टै हुँदै मानिसमा यो भाइरस सरेको हो या पोसुम आफै पनि पिडित छ खुलेको छैन।
जो यो भाइसरको कारण पिडित भएका छन् ती व्यक्ति भने स्वस्थ अनि बलिया रहेको पाइएको छ। यो अल्सर भाइरस शरिरमा प्रवेश गरेको करिब चार महिना पछि देखिन थाल्छ। मुख्यत: कुहिना, कुर्कुच्चा अनि घुँडामा यसको सङ्क्रण देखिएको छ।
![]() |



ConversionConversion EmoticonEmoticon