Mumbai Merchant Family 4 people subscribe to IS


भाद्र ५, २०७३- मम्बईमा बसेर व्यापार व्यवसाय गर्दै आइरहेको एक व्यापारीको परिवारले आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) को सदस्यता लिएका छन् ।

भारतको दैनिक पत्रिका टाइम्स अफ इन्डियाका अनुसार २६ वर्षीय अश्फाक अहमदले आफ्नी श्रीमती, नाबालक छोरी र दुइजना नातेदारसहित देश आइएसमा प्रवेश गरेर देश छोडेका छन् ।

‘यो निकै आश्चर्यजनक सूचना हो । एकै परिवारका चारजना भारतीयहरुको आतंवादी संगठन प्रतिको लगाव निकै डर लाग्दो विषय हो,’ मुम्बई क्राइम ब्रान्चमा कार्यरत एक अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, ‘हामीले अश्फाकको निरन्तर सम्पर्कमा रहेका मौलाना मोहम्मद हानिफलाई गिरफ्तार गरी सोधखोज गर्दै छौं ।’

अहमदका भाइ मोहम्मद सिराज पनि व्यापारी हुन् भने इजाज रहमान स्वास्थ्यकर्मी हुन् । पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार अश्फाकका कान्छा भाइको मोबाइलमा मेसेज आएसँगै यो भेद खुलेको हो । ‘म आइएसको इलाकामा प्रवेश गरें । अब म फिर्ता आउँदिन । आमा–बुवाको हेरचाह गर्नु,’ मेसेजमा लेखिएको थियो ।

आश्फाको यस्तो खबर पाएपछि उनका बाबु अब्दुल माजिदले प्रहरीमा उजुरी दिएका थिए । उनको अनुसार केरलाका शिक्षक हानिफले नै उनका छोरा आश्फाकलाई सिरिया लगेका थिए । हानिफबाटै अभिप्रेरित भएर अश्फाकले आइएसमा प्रवेश गरेको उनको पिताको दाबी थियो ।

माजिदका अनुसार हानिफसँग नजिकिएसँगै उनको छोराको व्यवहारमा निकै परिवर्तन आएको थियो । ‘उसले गीत–संगित सुन्न, टेलिभिजन हेर्न छोडेको थियो । साथै दाह्री पाल्न थालेको थियो । उसले लगाउने लुगा र भेट्ने मानिसहरुले हामीलाई चिन्तित बनाएको थियो,’ उनले भनेका छन् ।

केरलाको कम्बालाक्कद निवासी मोहम्मद हानिफलाई प्रहरीले १४ अगस्टका दिन मुम्बईको पानुरबाट हिरारतमा लिएको थियो । उनले पढाउने गरेका २१ मध्ये ११ जना सम्पर्कविहिन छन् । उनीहरुले पनि आइएस प्रवेश गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

Previous
Next Post »