![]() |
बागलुङको पश्चिम क्षेत्रका बाढी पहिरो पीडितको घाउमा मह्लम लगाउँने भन्दै विभिन्न सामाजिक संघ संस्थाले संकलन गरेको राहत रकम पीडितको घाउमा खाटा बस्दासमेत पुग्न सकेको छैन् । साउन १० गतेको अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित बनेकाहरुकालागि भन्दै संकलन गरिएको राहत सामग्री तथा नगद अहिलेसम्म गाउँपुग्न सकेको छैन् ।
बागलुङमा छ जनाको मृत्यु, दर्जर्नौ घाइते हुनेगरी गएको बाढी पहिरोकाकारण एक सय २३ घर पूर्ण रुपमा क्षतिग्रस्त बनेपछि जिल्लामा क्रियाशिल सामाजिक संघ संस्थाले राहत संकलनअभियान सुरु गरेका थिए । तत्कालका लागि सरकारी निकायबाट राहत रकम पीडितलाई वितरण गरिएपनि सामाजिक संघ संस्थाले संकलन गरेको राहत अहिलेसम्म सम्बन्धित ठाउँमा पुग्न नसकेको पीडितहरुको गुनासो छ । अधिकारीचौर छालन्नाका पीडित निमबहादुर बुढाले आँफुहरुको घाउमा मल्हम लगाउँने भन्दै सदरमुकाम, राजधानीलगायतका ठाउँमा रकम उठाएका सुनेको तर घाउमा खाटा बस्ने बेलासम्म त्यो राहत देख्न समेत नपाएको दुःखेसो पोख्नु भयो ।
बाढी पहिरोबाट आफन्त गुमाएका, घरवार बिहीन भएकाहरुलाई जिल्ला दैवीप्रकोप उद्धार समिति, रेडक्रस लगायतले तत्काल पु¥याएको राहतले गुजारा चलाइरहेको पीडितको भनाई छ । बाढी पहिरोबाट घरवारविहीन बनेका अधिकांश अहिलेपनि आफन्तको शरणमा बस्न बाध्य छन भने कतिपयको पुनःस्थापनाकालागि जग्गाको अभाव देखिएको छ । बाढी पीडितका लागि भन्दै जिल्लामा नेपाली कांग्रेसले एक लाख १३ हजार आठ सय ८९ रुपैयाँ, नेकपा एमालेले दुई लाख, नेपाल पत्रकार महासंघले एक लाख ९३ हजार आठ सय, नेपाल मगर संघले तीनलाख ८५ हजार, लियो क्लब अफ बागलुङ कालिकाले एक लाख ५० हजार रुपैयाँ संकलन गरेका थिए । यी मध्ये अधिकांशले सडक सञ्चालन भएपछि राहत पु¥याउँने भनेपनि प्रभावित क्षेत्रमा नियमित यातायातका साधन सञ्चालन भएको एकहप्ता भइसकेको छ ।
![]() |


ConversionConversion EmoticonEmoticon