Exercise and dieting, the weight of a corner


शरिरको तौल घटाउनको लागि मेटाबोलिजम राम्रो हुन जरुरी हुन्छ। शरिरको मेटाबोलिजम बढाए सजिलै तौल सन्तुलन गर्न सकिन्छ। मेटाबोलिजम बढ्दा शरिरले सहजै क्यालोरि खर्च गर्न सक्छ, शरिरमा बोसो जम्न पाउँदैन। यदि मेटाबोलिजम कम छ भने जतिनै कसरत अनि डाइटिङ गरेपनि तौल घट्दैन।

दैनिक बिहान उठेर यी काम गर्नुस्, ४-५ किलोसम्म तौल कम हुनेछ:

१. बिहान उठ्नासाथ खाली पेटमा नुनिलो पानी पिउँनुस्। यसले शरिरलाई डिटक्सिफाइ गर्छ र बडी फ्याट घटाउन मद्धत गर्छ।

२.बिहान खानामा पेटभर अन्डा, दुध, पनीर, चीज जस्ता खाना खानुस्। यीनमा प्रोटिन पाइन्छ, अनि लामो समयसम्म भोक लाग्दैन।

३. बिहान दुध भएको चियाको सट्टा ग्रीट टि वा हर्बल टि पिउँनुस्। यसमा हुने एन्टीअक्सिडेन्टस्ले मेटाबोलिजम बढाउँछ।

४. बिहान १५-२० मिनेट घाममा बस्नुस। यसले मेटाबोलिजम बढाउन मद्धत गर्छ।

५. बिहानै चिसो पानीले नुहाउँनुस्। चिसो पानीले नुहाउँदा शरिरको तापक्रम अचानक कम हुन्छ। शरिरले तातो कायम गर्न अधिक उर्जा प्रयोग गर्छ, यसले शरिरको तौल कम गर्न मद्धत गर्छ।

६. दैनिक बिहान १० मिनेट ध्यान गर्नुस्। यसले तनाव कम गर्छ अनि तौल सन्तुलनमा राख्न मद्धत गर्छ।

७. नियमित मर्निङवाक गर्नुस्। शरिर स्वस्थ हुनुको साथै शरिरमा उर्जा खपत हुन्छ, तौल सन्तुलनमा राख्न मद्धत मिल्छ।

८. कसरत पश्चात दैनिक एक गिलास कागती पानी पिउनुस्। यसले पाचन प्रकिया राम्रो बनाउँछ, डिटक्सीफाइ गर्छ अनि तौल घटाउन प्रभावकारी सिद्ध हुन्छ।
Previous
Next Post »