Baglung not disclose any road route permit


मध्यपहाडी लोकमार्ग सहित ९ सय २० किलोमिटर सडक खण्ड रहेको बागलुङमा कुनै पनि सडकको सडक सञ्चालन अनुमतिपत्र रुट परमिट नभएको पाइएको छ । देशका अन्य जिल्लासँगै बागलुङमा पनि रुट परमिट बिना सवारी सञ्चालनमा रोक लगाउने तयारी भैरहँदा बागलुङका दुईमुख्य सडक बागलुङ–बुर्तिबाङ र बागलुङ–कुश्मिशेरा सहित ६३ वटा शाखा सडकहरुको रुट परमिट नभएको पाइएको प्रहरीले जनाएको छ ।

जिल्लाका सबै सडकको रुट परमिट नभएको पाइएपछि चेकजाँच र सार्वजनिक सवारी साधन सञ्चनालनमा कडाई गर्न थालिएको प्रहरीले बताएको छ । अहिलेको निर्देशन कार्यन्वय भए यातायात ब्यवस्था कार्यालयले बागलुङका ग्रामीण सडकमा चल्ने कुनै पनि सडकमा रुट कायम नभएका कारण सार्वजनिक यातायात सेवा ठप्प हुने अवस्था छ ।
रुट परमिटमा कडाई गर्दा जिल्लामै सार्वजनिक सवारी साधन ठप्प हुने अवस्था आएपछि जिल्ला यातायात व्यवस्थापन समितिको बैठक बसेर तत्कालक लागि २९ वटा सडकको रुट परमिट दिन सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चक्रबहादुर सिहंले बताए ।
२०७१ सालमा ६५ वटा सडकको रुट परमिटका लागि सिफारिस गरिएकोमा अहिलेसम्म अनुमति नपाएको र तत्कालका लागि २९ वटा ग्रामीण सडकको रुट परमिटका लागि यातायात व्यवस्था बिभागमा सिफारिस गरेको सिंहले जानकारि दिनुभयो ।
सार्वजनिक सवारी साधन नियम अनुसार रोक्दा यात्रुहरुले धेरै दुःख पाउने अवस्था भएकाले अहिले व्यवहारिकता हेरेर सञ्चालन गर्न दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी धुव्र गिरीले बताउँनुभयो । गिरीले निर्देशनअनुसार कडाई गर्दा यातायात पूर्ण रुपमा ठप्प हुने र कडाई नगर्दा दुर्घटना भइहाल्यो भने आफुहरुमाथि नै कारवाही हुने जोखिम रहेकाले बिभागले तत्काल निर्णय गर्न आवश्यक रहेको बताउँनुभयो । बागलुङ जिल्लाको खुङ्खानी बाहेक अन्य ५८ गाविस सडक सञ्जालसँग जोडिएका छन् ।
Previous
Next Post »