![]() |
भदौ, एजेन्सी।
पोर्न गतिविधिमा प्रतिबन्ध लगाउने प्रयास पछि भारत सरकारले अब टोरेन्टमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।
कुनै टोरेन्ट वेबसाइट खोले मात्र पनि भारतीय नागरिकलाई ३ लाख भारु जरिवाना र ३ वर्ष जेल हुनक्ने भारतीय मिडियाले लेखेका छन्।
प्रतिबन्धित सामग्री डाउनलोड गर्न खोजे वा इमेजबाम जस्तो होस्टमा तस्बिर मात्र हेर्दा पनि यस्तो कारवाही हुने बताइएको छ।
प्रतिबन्धित लिङ्क खोल्दा प्रयोगकर्ताको ब्राउजरमा एउटा चेतावनी सहितको पपअप देखिने छ, जसमा लिङ्क खोले भारतको नियम अनसार ३ वर्ष जेल र ३ लाख भारुसम्म सजायँ हुने लेखिएको हुनेछ।
कुनै लिङ्कमा यस्तो चेतावनी आए प्रयोगकर्ताले टाटाकम्युनिकेसन सम्पर्क गरि सो खुलाउन उच्च अदालतसम्म भने पुग्न सक्नेछन्।
फिल्म, सफ्टवेयर तथा अन्य डिजिटल सामग्री सित्तैमा डाउनलोड गर्न इन्टरनेट प्रयोगकर्ता माझ निकै चर्चित छ, टोरेन्ट। प्रतिलिपी अधिकार उल्लघंन हुने गरि टोरेन्टमा राखिने यस्ता सामाग्रीले प्रयोगकर्तालाई सहज त हुन्छ नै तर फिल्म निर्माता, सफ्टवेयर कम्पनी, लेखक, गायक, गायिका लगायत मर्कामा पर्ने गरेका छन्। केही महिना पहिले मात्र किकयास टोरेन्ट नामको चर्चित टोरेन्ट साइटका प्रमुखलाई अमेरिकाले पक्राउ गरेको थियो।
![]() |


ConversionConversion EmoticonEmoticon