![]() |
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी ‘एशियन म्यान अफ द इयर’ अवार्डबाट सम्मानित हुनुभएको छ । नेपालमा गएको विनाशकारी भूकम्पपश्चात चौधरीको नेतृत्वमा सञ्चालित पुर्नवास कार्यको प्रशंसा गदै उद्यमी चौधरीलाई सो सम्मान प्रदान गरिएको हो ।
अमेरिकास्थित मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटीले नेपालमा भूकम्प प्रभावित जनताको पुर्नवासको कार्य गरेकोमा उद्यमी चौधरीलाई एशियन म्यान अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको हो । ‘वी केयर फर ह्युम्यानिटी’ले आप्mनो ‘ग्लोवल अफिसियल्स अफ डिग्निटी अवार्ड’ का अवसरमा न्यूयोर्कमा आयोजित कार्यक्रममा चौधरीलाई उक्त सम्मान प्रदान गरेको हो । कार्यक्रम न्यूयोर्कको संयुक्त राष्ट्रसंघ भवनमा आयोजना गरिएको थियो । चौधरी ग्रुपको परोपकारी निकाय चौधरी फाउन्डेसनले २०७२ को विनाशकारी भूकम्पपश्चात नेपालमा विविध मानवीय कार्यहरु सञ्चालन गरेको चौधरी समूहले जनाएको छ । चौधरी समूहले पहिलो चरणमा तत्काल राहतका कार्यक्रमहरु सम्पन्न गरी पीडितका लागि ट्रान्जिसनल सेल्टरको निर्माण, भूकम्पप्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण लगायत कार्यहरु सञ्चालनमा छन् ।
![]() |


ConversionConversion EmoticonEmoticon