![]() |
चन्द्रागिरीको डाँडाबाट काठमाडौं उपत्यका देखेपछि गोरखाली राजा पृथ्बीनारायण शाहलाई काठमाडौंप्रति लोभ जागेको इतिहास पढन पाइन्छ । अब त्यही चन्द्रागिरीको डाँडाबाट वर्तमान काठमाडौंलाई नियाल्ने अवसर सबैलाई जुर्ने भएको छ । चन्द्रागिरी डाँडासम्म पुग्न केबल कार सञ्चालनमा आएपछि यतिबेला चन्द्रागिरी को रौनक र सुन्दरतामा थप अभिवृद्धि भएको छ ।
यो दृश्य केवलकारबाट देखिएको काठमाडौं उपत्यकाको दृश्य हो । काठमाडौँभित्रै सञ्चालनमा आएको केवलकार चन्द्रागिरी डाँडाको भ्रमण गर्न पर्यटक तान्ने उद्धेश्यले निर्माण गरिएको हो । डाडाबाट देखिने दृश्य जो कोहिलाई पनि लोभ लाग्ने गर्दछ । त्यससँगै पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने बेलामा काठमाडौँको मनोरम दृश्य देखेर लोभिएको डाडा ।
![]() |


ConversionConversion EmoticonEmoticon