![]() |
भाद्र ७, २०७३- कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट सरकारमा जाने नेताहरू छान्न कुनै विवाद नरहेको दाबी गरेका छन् । उनले पार्टीबाट मन्त्रीमा पठाउने नेताहरूको टुंगो लागिसकेको दाबीसमेत गरेका छन् ।
कांग्रेस महामन्त्री शशांक कोइरालाद्वारा मंगलबार राजधानीको टोखास्थित निवासमा आयोजित चियापान कार्यक्रममा उनले मंगलबार मन्त्रिपरिषद विस्तार हुने जानकारी दिए । ‘हाम्रो पार्टीमा मन्त्री छान्ने विषयमा कुनै विवाद छैन, सबै टुंगो लागिसकेको छ । बुधबार मन्त्रिपरिषद विस्तार हुन्छ’ देउवाले भने ।
कांग्रेसको भागमा १३ मन्त्रालय परेका छन् । कांग्रेसको कोटाबाट उपप्रधान तथा गृह मन्त्रीमा बिमलेन्द्र निधि र भौतिक पूर्वाधार मन्त्रीमा रमेश लेखकमात्र नियुक्त भएका छन्, बाँकी ११ मन्त्री नियुक्त हुन बाँकी छ । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको विवादका कारण कांग्रेसले मन्त्री छान्न सकेको छैन ।
गम्भीर रूपमा अस्वस्थ भई अस्पतालमा उपचारपछि निवासमा आराम गरिरहेका महामन्त्री शशांक मंगलबार चियापानी आयोजना गरी पहिलोपटक सार्वजनिक कार्यक्रम सहभागी भएका हुन् ।
![]() |


ConversionConversion EmoticonEmoticon