Corruption, bribery, a place where black and action directed to the Prime Minister Prachanda


प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारी, कालोबजारी तथा उपभोक्ताहरुलाई ठग्ने व्यापारी बिरुद्ध कडाईका साथ लाग्न कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशन सँगै सरकारले कालोबजारी र महँगी नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ । आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको संयोजकत्वमा सुरक्षा निकाय, उपभोक्तावादी सङ्घ संस्था लगायतको एकीकृत अनुगमन टोली परिचालित छ ।

अनुगमन टोलीले नियमित रुपमा बजार अनुगमन गरिरहेको छ । प्रधानमन्त्रीले गत साउन २६ गते दिएको निर्देशनानुसार नै विशेष अभियान सुरु गरिएको मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीले जानकारी दिए ।

यस्तै कालोबजारी रोक्न ऐन संशोधनको गृहकार्य गर्न कानुन मन्त्रालयले प्रक्रिया सुरु गरेको छ । आपूर्ति मन्त्रालयले ‘¥यापिड एक्सन प्लान’ बनाई मुलुकभर नै टोली परिचालन गरेको छ ।

इन्धनमा कालो बजारी गर्ने, खाद्दान्नमा अखाध्य बस्तु मिसाउने, मिति गुज्रिएका खाद्दान्न बिक्रि गर्ने, सवारी चालक अनिमति पत्र बितरणमा दायाँबायाँ गर्ने, जनतालाई झुक्याउने जस्ता काम गर्ने बिरुद्ध कडा रुपले प्रस्तुत हुन प्रधानमन्त्रीले सरोकारबाला निकायलाई निर्देशन दिए सँगै मुलुकमा ठगीगर्नेहरु बिचलित भएका छन् ।

Previous
Next Post »