Indian fish because the fish market have complained Nepal


रुपन्देही ७ भाद्र - उपभोक्ताले माछा चिन्न नसकेपछि माछापालक कृषक समस्यामा परेका छन । सस्तोका कारण नेपाली उपभोक्ताको रोजाईमा  भारतिय माछा परेपछि नेपाली माछापालक कृषक समस्यामा परेको बताएका छन ।

यस क्षेत्रमा उत्पादन भएका माछाको मुल्य  भन्दा फ्रिज गरेर नेपाल ल्याईने भारतिय माछाको मुल्य सस्तो पर्दछ । सस्तोको कारण भारतिय माछा नेपाली उपभोक्ताको रोजाईमा  परेकोले  नेपाली माछाको भनेजस्तो ब्यापार नभएको बताएका छन ।

कृषको लागि भारतिय माछा टाउको दुखाईको बिषयने बनेको छ । रुपन्देहीको छपिया अमुवा लगायतका  क्षेत्रमा उत्पादन गरिने  स्वास्थ्यकर माछाको तुलनामा भारतिय माछा कम मुल्यमा पाईन्छ ।
फ्रिज गरेको भारतिय माछा रोक लगाउन  उनीहरुले सरकार संग माग गरेका छन ।

माछा उत्पादनका लागि  पकेट क्षेत्रको रुपमा परिचिय यस क्षेत्रको मानपकडि छपिया दयानगर सुर्यपुरा लगायतका क्षेत्रमा माछा उत्पादन हुने गरेका छन । माग अनुसारको माछा उत्पादन भएपछि ब्यबसायमा लागेका कृषकहरुले  बजार नपाएको  अमुवाका कृषक दिवाकर शर्माले बताए । पछिल्लो समयमा  माछापालन तर्फ कृषक अर्काषक भएको ले भारतियम माछालाई प्रतिबन्द लगाई दिनको लागी उनीहरुले सरकार संग आग्रह गरेका छन  ।

उपभोक्ताहरुलाई पनि  माछाको  गुणस्तर हेरेर किन्न आग्रह गरेका छन । पश्चिम अमुवाको वर्दवामा  युवाहरुले २ बिगाह क्षेत्रफलमा माछाफालन गरेको  सुलभ एकिकति माछापालन  कृषक दिवाकर शर्माले बताए । आर्थिक बर्ष  ७३ –७४को लागी  पशुपन्छि विकास मन्त्रालयलेले  रुपन्देहीको लागि  ७ करोड २३ लाख ८ हजार रुपैया बिनियोजन गरेको छ ।

Previous
Next Post »