![]() |
यतिबेला धुर्मुस-सुन्तली फाउन्डेशनले बनाईरहेको नमुना बस्ती सिन्धुपाल्चोकको गिरौन्चौरमा बिभिन्न क्षेत्रबाट श्रमदान दिने काम भईरहेको छ । यसै क्रममा नमस्ते नेपाल नामक संस्थाले १० सदस्यिय संस्थाको टोली श्रमदानको लागि खटिएको छ ।
टोलीको नेतृत्व केन्द्रीय सचिव रामजी शर्मा (भट्टराई)ले लिएका छन् । इजरायलमा ‘मनोरञ्जन परोपकार र लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान’ भन्ने मुल नाराका साथ विभिन्न किसिमका सामाजिक कार्य गर्दै अगाडि बढीरहेको संस्था नमस्ते नेपालको मुख्य कार्यालय भने नेपालमै रहेको छ ।
यो संस्थाले नेपालीहरुको समस्या, पीडा र वेदनामा मलम लगाउने काम गर्दै आएको छ । गिरौन्चरको श्रमदानको बारेमा सचिव भट्टराइले भने, ‘हामी संस्थाले दिएको जिम्मेवारी तन मनले पुरा गरि फर्किनेछौ । राष्ट्र निर्माणको लागि यो अमुल्य अवसर प्रदान गरिदिनुहुने धुर्मुस सुन्तली-फ़ाउन्डेशन र संस्थाका सहयोगी मन भएका श्रामदान गर्न जानुहुने टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
![]() |





ConversionConversion EmoticonEmoticon