![]() |
भाद्र ४, २०७३- स्थानीय प्रशासनले शुक्रबार साढे दश बजे गरेको कर्मचारीको उपस्थिति छडकेमा १७ सरकारी कार्यालयका ६ जना कार्यालय प्रमुख सहित २ सय १९ जना कर्मचारीहरु अनुपस्थित रहेका भेटिएको छ । स्थानीय प्रशासनले शुक्रबार कार्यालय समयमा बिहान सवा दश बजेदेखि नै कर्मचारीलाई सदरमुकामका सरकारी कार्यालयमा पठाई हाजिरी रजिष्टर आफ्नो नियन्त्रणमा लिएको थियो ।
गत बिहीबार जनै पूर्णिमाको दिन मा घर गएका अधिकांश कर्मचारी जिल्ला नफर्केको अवस्था देखेपछि जिल्ला प्रशसनले शुक्रबार छड्के जाँच गरेको थियो । छडके गरेका कार्यालयहरु मध्ये जिल्ला अस्पतालका ५४ जना कर्मचारी अनुपस्थित देखिएका छन् भने जिल्ला विकास समितिका २६, जिल्ला प्राविधिक कार्यालयका १९, जिल्ला जनस्वास्थ्य कार्यालयका १७, विद्युत प्राधिकरणका १५, खानेपानी तथा सरसफाई कार्यालयका १३ र मालपोत कार्यालयका ९ जना कर्मचारी अनुपस्थित थिए ।
कार्यालय समयमा अनुपस्थित हुने कार्यालय प्रमुख तथा अन्य कर्मचारीलाई स्पष्टिकरण सोधिने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय सहायक राममणि मिश्रले बताए ।
![]() |


ConversionConversion EmoticonEmoticon