![]() |
हाम्रा हाँस्यकलाकारहरुले विगतका वर्षझैँ यो वर्षपनि धुमधामका साथ गाईजात्रा मनाउँदै छन् । उनीहरुले यसपटक पनि गाईजात्रे व्यँग्यमा नेतादेखि विभिन्न पात्रहरु रोजेका छन् । जनैपूणिमादेखि सुरू हुने नेपाली चाँडपर्वहरूले आफ्नै प्रकारको अस्तित्व बोकेका छन् । प्रतापमल्लको पालादेखि चल्दै आएको नेपालीहरूको महानपर्व गाईजात्रा यस पालापनि देशैभर चलिरहेको छ ।
कार्यक्रममा चर्चित हाँस्यकलाकार मनोज गजुरेलले अख्तियार प्रमुख लोकमान्सिँह कार्कीको कार्यशैलीको सन्र्दभलाई उल्लेख गरेका थिए । उनले प्रमुख आयुक्त कार्कीलाई अब ठूला माछा समात्नेगरि काम गर्न व्यंग्यात्मक रुपमा सुझाव दिएका छन् । गजुरेलले क्लबले विगत दशवर्षदेखि सबै कलाकारलाई बोलाएर यसरी जनतालाई सुचनादिने कार्य गरेको भन्दै खुलेर प्रसंशा गरेका थिए ।
गजुरेलले पत्रकार ऋषि धमला धेरै आवाज निकाल्ने व्यक्तिको रुपमा चिनिएको बताए । उनले यसपटकको गाईजात्रे व्यँग्यमा नेताहरु प्रचण्ड, देउवा, ओली र पत्रकारमा ऋषि धमला र अख्तियार अनुशन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की समेतको बारेमा क्यारिकेचर गर्ने जनाए ।
त्यसैगरि अर्का चर्चित कलाकार दिपकराज गिरीले कलाकार अरुलाई मिलेनन् भनेर सन्देश दिने तर हामी आँफै कलाकारहरू एकअर्कासँग बोलाचाल सम्म नगर्ने चलन रहेको कुरा बताउदै यसपाली देखि एउटै छानामा गाईजात्रा मनाउँने प्रण गरे । गीरीले हरेक दिन आफूहरु राजनीतिक परिवर्तनको बारेमा चिन्तित रहेर नेताहरुको गाईजात्राको बारेमा व्यँग्य गर्दै आएको स्पष्ट पारे । उनले प्रचण्ड र ओलीको गठबन्धन टुटेपछि उत्पन्न भएको राजनीतिक तरंगलाई आफूहरुले गाईजात्रे प्रस्तुति बनाएको जनाए ।
उनले कार्यक्रममा व्यँग्य गर्दै भने,‘शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाएका हुन कि गर्भवति बनाएका हुन् ९ महिनाको लागि भनिएको छ ?। त्यस्तै कलाकार दिपाश्री निरौलाले देशमा जारी गतिरोधलाई अन्त्य गर्न सबै मिल्नुपर्ने बताईन ।
अर्का कलाकार शैलेन्द्र सिंखडाले प्रताव मल्लको पालादेखि चलिआएको नेपाली गाईजात्राले नेपाली सभ्यतालाई जिउँदो राख्ने काम गरेको र गाईजात्राले पछिल्लो समयमा बिशाल आकार लिएको बताए । शत्रु हँसाएर, राष्ट्र रुवाउने कुरा दःुखद रहेको बताए ।
हाँस्यकलाकार जितु नेपालले कोही पहाडी, कोही मधेसी छैन हामी सबै नेपाली हांै भन्ने गहिरो भावले सिञ्चीत भएपनि यहाँ व्यक्तिगत र दलगत स्वार्थका लागी मरिहत्ते गर्ने गलत प्रवृतिले देशको भविष्य धरापमा परेको चिन्ता गरेका थिए ।
चर्चीत हाँस्यकलाकार किरण केसीले कलाकारहरूले प्रर्दशन गर्ने शैली र विषय समाजलाई सम्बोधन गर्ने खालको हुनुपर्नेमा जोड दिए । केसीको व्यँग्यात्मक प्रस्तुती थियो,‘‘राता मकै क्या राम्रो फूल उठ्छ, राम्री केटी नबोले रिस उठ्छ ।’’
कार्यक्रममा नेताहरू कार्यशैलिलाई इँकित गर्दै धन कमाउनु नै छ भने कुनै कमाउने ठाँउमा जान आग्रहपनि गरे । क्लबका सभापति ऋषि धमालाको अन्तर्वाता लिने तरिका वा प्रश्न गर्ने शैलिलाई जसले जे भनेपनि उनको लगनशिलता र गतिशिलताको प्रसंशा गर्नुपर्ने उनको भनाई थियो ।
श्रीकृष्ण सिंखडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्व.पूर्व प्रधानमन्त्री एवं तात्कालिन नेपाली काँग्रेसका सभापति सुशिल कोईराला को निधनलाई सन्देशको रुपमा प्रस्तुत भएका थिए ।
वर्तमान समयमा घटित घटनामा आधारित रहेर कलाकारहरूले प्रस्तुति र आफ्ना अभिव्यक्ति राख्ने क्रममा लोकदोहोरी गायिका बविता बानियाँले भजन शैलि वा लोक लयमा वर्तमान स्थितिको बारेमा प्रहार गरेकी थिईन् ।
त्यसैगरि अर्का कलाकार दमन रुपाखेतिले पनि ऋषि धमला र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवावीचको वार्तालापलाई व्यङ्ग्यात्मक प्रस्तुती पस्केका थिए थिए ।
शिवहरि रिजाल (जोगिन्दर) ले नेपालको संविधानप्रति भारतले देखाएको चरित्रलाई व्यँग्य प्रहार गर्दै भने,‘भारत चियावाला हो र नेपाल खुकुरीवाला हो ।’ उनले पत्रकार ऋषि धमलाको बारेमा समेत व्यँग्य गरेका थिए । रिजालले नाकाबन्दीको बारेमा व्यँग्य गरेका छन् ।
गाईजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष कार्याक्रममा देशका चर्चित हाँस्य कलाकारहरूले आफ्नो प्रहसन गरेका छन् ।
![]() |


ConversionConversion EmoticonEmoticon