The camp Nepal Airlines Kathmandu-Dubai direct flight


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को काठमाडौँ–दुबई सीधा उडान सुरु भएको छ ।विमान अभावका कारण बन्द भएको झन्डै चार वर्षपछि निगमले पुनः बिहीबारदेखि नियमित उडान सुरु गरेको हो ।

बिहीबार राति ११ः२० बजे १५८ यात्रु लिएर दुबई उडेको निगमको एयरबस आज बिहान १०ः२५ बजे काठमाडौँ फिर्ता भएको निगमका कर्पोरेट निर्देशक एवम् प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिनुभयो । निगमको १५८ सिट क्षमताको ए– ३२० एयरबस काठमाडौँबाट क्याप्टेन रवीन्द्रपुरुष ढकालको नेतृत्वको चालक दलले उडान गरेको थियो भने दुबईबाट फर्कंदा क्याप्टेन विजय लामा नेतृत्वको आठ सदस्यीय टोलीले उडाएको थियो ।

प्रवक्ता शर्माले निगमप्रति सम्बन्धित क्षेत्रले पु¥याएको सहयोग र यात्रुको विश्वासले उत्साहित बनाएको भन्दै यसमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । निगमको नियमित तालिकाअनुसार उडान हुने र आइतबारका लागि पनि १५८(पूरै सिट) बुकिङ भएको बताउनुभयो ।निगमको कार्यतालिकाअनुसार निगमले सातामा तीनवटा उडान गर्नेछ । काठमाडाँैबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।

काठमाडौँबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेट र दुबईबाट काठमाडौँं आउन चार घन्टा १५ मिनेट समय लाग्ने बताइएको छ ।काठमाडौँ–दुबई उडानको सुरुको प्रवद्र्धनात्मक भाडा दर दुईतर्फी रु ३२ हजार तोकेको निगमले जनाएको छ ।

निगमले अहिले दुई एयरबस र एउटा बोइङ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हाल निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैङ्लोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा र हङ्कङमा उडान भर्दै आएको छ । दुबई उडान सुरु गरेपछि निगमको आठवटा उडान गन्तव्य पुग्नेछ ।२०४१ माघदेखि दुबईमा सुरु भएको निगमको व्यावसायिक उडान सन् २०१२ अगस्टदेखि बन्द भएको थियो ।
Previous
Next Post »