Japan Earthquake 6 magnitude


टोकियो (जापान), ४ भदौ - जापानको उत्तरपश्चिम सामुद्रीक इलाकामा शनिबार ६.० म्याग्निच्युडको भूकम्पीय धक्का महसुस गरिएको जापानको मेटेरियोलोजिकल एजेन्सीले बताएको छ।


स्थानीय समयअनुसार ६ बजेर १ मिनेटको समयमा उत्तरपश्चिम जिल्ला मियागीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षति भएका खवर प्राप्त भै नसकेका स्थानीय सञ्चार माध्ययमले बताएका छन् । भूकम्पको केन्द्रबिन्दु ४०.३ डिग्री उत्तरी अक्षांश र १४३.९ डिग्री पूर्वी देशान्तरमा १० किलोमिटर गहिराईमा रहेको बताइएको छ।


जापानको होकाइदो, मियागो, अकिता र यमगाटा क्षेत्रमा भूकम्पपीय धक्का महसुस भएपछि घर र अफिसभित्र काम गरिरहेका मानिसबीच केहीबेर भागदौड मच्चिएको थियो। भूकम्पपछि सुनामी आउने सम्भावनाबारे जापानी मौसम विभाग तथा सरकारले कुनै चेतावनी भने दिएको छैन। रासस/सिन्ह्वा

Previous
Next Post »