Tired of Korea Om Kaski employed 7 people crowded busy farm


रुपन्देही ४ साउन - नेपालमा केहि नभएपछि  कोरीया गएका  ओमबाहदुर थापा कोरियाबाट फर्कदा बिदेशको कामबाट थकित भइसकेका थिए ।

त्यतिबेला उनको उमेर २९ वर्ष मात्रै थियो । धेरै पैसा कमाउने र राम्रो घर बनाएर परिवारलाई सुखसित पाल्ने रहर बोकेर कोरिया पुगेका ओम बहादुर घर फर्कदा उनीमा फेरि विदेश जाने र पैसा कमाउने रहर मरिसकेको थियो ।

उत्तर पाल्पाको चापपानी गाविस वडा नं. ४ लिधिनडाडा गाउका ओम बहादुर सारु अहिले विदेशको सबै सपना भुलेर आफ्नै ब्यवसायमा रमाएका छन् । गाउमै बंगुरपालन ब्यवसाय गर्न थालेका ओम बहादुर अहिले एउटा सफल उद्यमी बनेका छन् ।

यसबाट उनको आम्दानी पनि राम्रो र सामाजिक प्रतिष्ठा पनि बढेको छ । अहिलेसम्म उनले आफू मात्रै सफल नभई आफू जस्तै विदेशबाट फर्केका एक दर्जन बढी ब्यक्तिहरुलाई सीप सिकाई सफल उद्यमी बनाए ।
ओम बहादुरकोमा अहिले १७ वटा बंगुर रहेका छन् ।

उनले बंगुरको आहाराका लागि ३ रोपनी क्षेत्रफलमा ब्यवसायिक घास लगाएका छन् । बंगुर पालन ब्यवसायमा ७ लाख रुपिया बढी रकम लगानी गरिसकेका ओम बहादुरले अहिलेसम्म ९ जना बंगुर पालकहरुलाई तालिम तथा सहयोग गरिसकिसकेका छन् ।

जसका कारण उनीहरु पनि उद्यमशील भएका छन् । उहाँले २७ जना बंगुरपालक किसानहरुलाई भेटेनरी तालिम समेत संचालन गरिसकेका छन् । त्यस्तै ३० जना बंगुर पालक किसानलाई खोर निर्माण र ब्यवस्थापनको तालिम समेत दिएका छन् ।

श्रीमति छोराछोरी सहित ८ जनाको उनको परिवार अहिले बंगुर पालन ब्यवसायमै ब्यस्त छ । ओम बहादुर भन्छन मलाई अव विदेश जानु पर्दैन, गाउमै परिवारसित बसेर राम्रँे गरि गुजारा चलिरहेको छ ।
ओम बहादुरले अहिले गाउमा बंगुर पैचो कार्यक्रम समेत चलाएका छन् । गाउका उद्यमीहरुले ओम बहादुरकोबाट बंगुरको बच्चा पैचोमा लगेर पाल्ने र त्यही बच्चाले उत्पादन दिन थालेपछि उनीसग लगेको बंगुरको बच्चाफर्काइदिन्छन् ।

जसका कारण पनि छिमेकीहरु ओम बहादुरसित औधी खुशी छन् । ओम बहादुरको विदेशबाट फर्केर आएका युवाहरुलाई उद्यम तर्फ प्रेरित गराउने , केहि नगरी बसेका युवा तथा किसानहरुलाई बंगुर पाल्न हौसला दिने, १,२ बंगुर पाल्दै आएका उद्यमीहरुलाई थप बंगुर संख्या बढाउन लगाउने, ४,५ बंगुर पाल्दै आई अलमलिएका उद्यमीहरुलाई फार्म दर्ता गराउन प्रेरित गर्ने गरेका छन ।

अन्य फार्महरुमा भन्दा केहि सस्तो मुल्यमा बंगुर पाठा पाठी उपलब्ध गराउने, अन्य उद्यम गरेका उद्यमी जस्तै कुखुरा, बाख्रा पालन गरी बसेका उद्यमीहरुलाई पनि थप संख्या बढाउनुका साथै फार्म दर्ता गराउन प्रेरित गराउने, समुदायमा उद्यमशिल विकासका लागी एक जनाले मात्र विकास गरेर हुदैन सबैले गर्नु पर्दो रहेछ भन्ने ज्ञान दिने उनको योजना रहेको छ ।

उनले आफ्नो ब्यवासयको प्रवर्धनका लागि साइन्टिष्टको सल्लाह सुझाब अनुसार गर्भवती माउ बंगुर राख्ने खोर बनाउने योजना बनाउनुभएको छ । पोखरा गई उन्नत जातको भाले बंगुर खरिद गरी ल्याउने, बंगुरलाई चिउराको भुस मात्र खुवाइएको थियो ।

अब देखि बंगुरको दाना मिसाई खान दिने, माउ बंगुरको संख्या बढाउने, बंगुरको खोर कोठा बढाउने, अन्य फार्म मा भन्दा केहि सस्तो मुल्यमा बंगुर बच्चा उपलब्ध गराउने, अन्य साथीहरुलाई पनि आफू जस्तै उद्यमि बन्न प्रेरणा दिने उनको आगामी योजना रहेको छ ।

दायित्व अभियानको सहयोगमा नया घर र इनोभेषन एक्सन पाल्पाले संचालन गरेको इनोभेषन च्यालेन्ज २०१४ को उत्कृष्ठ दोस्रो पुरस्कारबाट पुरस्कृत भएपछि आफू थप उत्साही भएको उनले बताए । उनले पुरस्कारबापत २ लाख रुपियाँ प्राप्त गरेका छन् । ओम बहादुरको उद्यमको प्रचार देश बिदेशमा भएको छ । हालै मात्रै त्रिभुवन बिश्वबिद्यालयमा उद्यमशीलता अध्ययन गर्ने बिद्यार्थीहरु उनीकहा२१ दिन बसेर फर्केका छन् ।

Previous
Next Post »