Kangresakae how much of what the panel would be minister?


भाद्र ९, २०७३- सत्तारुढ कांग्रेसको मन्त्री विवाद टुंगिएको छ । आज बिहान पार्टी सभापति देउवा निवासमा बसेको बैठकले संस्थापन पक्षबाट ८ र पौडेल पक्षबाट ५ जनालाई मन्त्री बनाउने टुंगो लगाएपछि विवाद समाधान भएको हो ।

संस्थापन र पौडेल पक्षबाट मन्त्रीको संख्या टुंगो लागेपनि कसलाई कुन मन्त्रालय दिने भन्ने बिषय टुंगो लागेको छैन । कसलाई कुन मन्त्रालय दिने भन्ने बिषयमा टुंगो लगाउन आजै पौडेल निवासमा नेताहरु भेला भएर छलफल गर्ने केन्द्रिय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए ।

पार्टीको आन्तरिक विवादका कारण कांग्रेसले मन्त्री छान्न नसकेपछि बुधबार गर्ने भनिएको मन्त्रिपरिषद्को विस्तार पनि रोकिएको छ । कांग्रेसबाट मन्त्रीको टुंगो लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सम्भवत: शुक्रबार मन्त्रिपरिषद्को विस्तार गर्नेछन् ।

कांग्रेस सभापति देउवा उपचारको लागि शुक्रबारै सिंगापुर जाँदैछन् ।

Previous
Next Post »